News Portal

चन्द्रागिरिका वडाअध्यक्ष साडी बाँड्दै, आयोग भन्छ – तत्काल रोक्न भन्छौं

हिमालीसंचार संवाददाता
४७१ पटक

काठमाडौँ। चन्द्रागिरि नगरपालिकाको एक वडाले स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आचारसंहिता उल्लंघन गरेको छ। चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ ले आचारसंहिता उल्लंघन गर्दै शनिबार महिलाहरूलाई साडी बाँड्न लागेको हो।

शुक्रबार वडाध्यक्ष सन्तोष खड्काले हस्ताक्षर गरेको एक सूचनामा महिलाहरूलाई शनिबार दिउँसो २ बजे साडी बाँड्न लागेको उल्लेख गरिएको छ। 

‘वडा कार्यालयमा साडी पाऊँ भनी आवेदन दिनुभएका दिदी बहिनीहरूले तपसिलको मिति, समय र स्थानमा साडी बाँड्ने कार्यक्रम रहेकोले वडा कार्यालयमा आई साडी बुझिलिनु हुन अनुरोध छ,’ वडाध्यक्ष खड्काले जारी गरेको सूचनामा उल्लेख छ।

यसबारे वडा सदस्य सविना राउतले साडी बाँड्ने कार्यक्रम राखिएको पुष्टि गरेकी छन्। यसबारे हिजो नै जानकारी गराएको तर आफू भने उपस्थित हुन नसकेको उनले बताइन्। उनका अनुसार २८ वटा समूहका महिलाहलाई ७०० बढी साडी बाँड्न लागेको हो।

‘प्रत्येक आमा समूहको दिदी बहिनीहरूलाई आज बाँड्दैछन्। समूहमा म पनि छु तर म चाहि जाँदिनँ,’ उनले भनिन्, ‘हाम्रो २८ वटा समूह छ। त्यहाँ भएका महिला दिदी बहिनीहरूले पाउने हुन्। ७ सय बढी महिलाहरूले पाउँदै हुनुहुन्छ।’

वितरण गर्न दुई सय बढी साडी एक महिनाअघि नै ल्याएको उनले बताइन्। बाँकी साडी भने पछि मात्रै ल्याएको उनले बताइन्। प्रत्येक साडी एक हजार २५० रुपैयाँका दरले किनेको उनले बताएकी छन्। 

‘साडी अर्डर गर्न जाँदा म पनि गएकी थिएँ। सबै साडी ल्याइसकेको छ,’ उनले भनिन्, ‘२८ वटै समूहका सदस्यहरूको नागरिकताको फोटोकपी, समूहको फाइल पनि आएको छ। वडाले नै समूहका प्रत्येक महिलालाई दिने भनेर कुरा राखेका थियौं।’

उनका अनुसार वडाध्यक्ष खड्का यसपालि पनि वडाध्यक्षका दाबेदार हुन्। उनी २०७४ सालमा एमालेबाट निर्वाचित भएका थिए। यस्तै, यो कार्यक्रमले निर्वाचन आचारसंहिता, २०७८ ले उल्लंघन गर्ने निर्वाचन आयोगका सहसचिव यज्ञ भट्टराईले जानकारी दिए।

‘यो कुरा हाम्रो नोटिसमा आइसकेको छ। यसले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको छ,’ भट्टराईले भने, ‘हामी त्यसलाई तत्काल रोक्न भन्छौं।’

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...