News Portal

सिम्ता गाउँपालिकाको अध्यक्षका लागी वशन्त मल्लसहित ४ जना उम्मेदवार सिफारिस

हिमालीसंचार संवाददाता
७०१ पटक

सिम्ता। यहि बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागी सुर्खेत जिल्लाको सिम्ता गाऊँपालिकाको अध्यक्षका लागी कांग्रेसबाट ४ जना सिफारिस भएका छन।

पार्टीको सिफारिसमा सुर्खेत क्षेत्र नम्बर १ प्रदेश (क) का उपसभापति भीम बहादुर मल्ल “वशन्त”, गाऊँपालिका सभापती बिरेन्द्र रावत, सचिव चन्द्र हमाल र क्षेत्र नम्बर १ का सचीव मोहन रानालाई सिफारिस गरिएको छ।

त्यस्तै, पार्टीले गाऊँपालिकाको वडा नम्बर ३ आग्रिगाऊँबाट पुर्ण बहादुर महतारा, वडा नम्बर ४ बजेडिचौरबाट अशोक केसी, वडा नम्बर ५ आलीबाट लिलाधर बुढा, वडा नम्बर ६ राकमबाट गुलाब सिंह ठकुरी “लोकेन्द्र” र वडा नम्बर ७ बाट घन बहादुर केसीलाई सिफारिस गरेको छ भने वडा नम्बर १, २, ८ र ९ बाट सिफारिस हुने तयारी रहेको बताइएको छ।

जिल्लाका नौ वटै पालिकामा अझै पनि कांग्रेस, एमाले र मओवादी पार्टीले उमेदवारको टुङ्गो लगाई नसकेको अवस्था छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...