News Portal

गठबन्धन सकसः कर्णालीमा गठबन्धन भित्र सकस, आज पुन: बैठक बस्दै

हिमालीसंचार संवाददाता
२३९ पटक

कर्णाली – सत्तारुढ गठबन्धनभित्रको समस्या समाधानउन्मुख हुन सकेको छैन । शुक्रवार राति १२ बजेसम्म मुख्यमन्त्री जीवनबहादुर शाहीको सरकारी निवासमा बसेको बैठकले निर्णय गर्न नसक्दा आज पुनः बैठक बस्ने सहमति भएको हो।

प्रमुख तीन राजनीतिक दल नेकपा माओवादी, एकीकृत समाजवादी र नेपाली काँग्रेसका आ–आफ्नै अडानका कारण कुरा नमिलेपछि बैठक स्थगित भएको हो। नेपाली काँग्रेस कर्णाली प्रदेश समितिका प्रवक्ता दमन शाहीका अनुसार बैठक शुक्रवार दिउँसो १ बजेदेखि बसेको भएपनी कुनै सहमति हुन सकेन । मनोनयन दर्ता गर्ने समय अब एक दिन मात्र बाँकी रहेकाले धेरैले सम्भवतः शुक्रवार सीट बाँडफाँटको टुङ्गो लाग्ने अपेक्षा गरेका थिए । तर अन्तिममा आएर नेताहरूले सीट बाँडफाँटको टुङ्गो लगाउन सकेनन् । 

बिहीबार दिउँसो र राति अबेरसम्म पनि बैठक चलेको थियो । यद्यपि यी कुनै पनि बैठकमा गठबन्धनभित्रका दल राष्ट्रिय जनमोर्चा र जनता समाजवादीलाई सहभागी गराइएको छैन । ‘मुख्य कुरा तीन दलका बीचमै अड्किएकाले साना दललाई सहभागी नगराइएको हो,’ प्रवक्ता शाहीले भने,‘ तीन दलका बीचका कुरा मिलेको खण्डमा पाँचै दलको संयुक्त बैठक बस्छ ।’ शाहीले शनिबार दिउँसो पनि पुनः बैठक बस्ने जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...