News Portal

एमालेले दिक्तेल रुपाकोट मझुवागढी नगरमा मेयरमा आचार्य र उपमेयरमा राई सर्वसम्मत चयन

हिमालीसंचार संवाददाता
३३९ पटक

खोटाङ – नेकपा एमालेले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयर पदका लागि कुमार आचार्य र उपमेयर पदको उम्मेदवारका लागि विणादेवी राईलाई नेकपा एमालेले सर्वसम्मत चयन गरेको छ ।

नेकपा एमाले दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटीको बैठकले सर्वसम्मत निर्णय गर्दै जिल्ला कमिटी खोटाङलाई सिफारिस गरेको हो । नगर कमिटीको निर्णय अनुमोदन गर्दै जिल्ला कमिटीले समेत प्रदेश कमिटीलाई सोही नाम सर्वसम्मत सिफारिस गरेको छ ।

जिल्ला कमिटीको सिफारिसको आधारमा प्रदेश कमिटीले टिकट दिने निर्णय गर्ने छ । यस नगरमा सर्वसम्मत उम्मेदवार चयन गर्नका लागि नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं जिल्ला इन्चार्ज विशाल भट्टराईको नेतृत्वमा १३ सदस्यीय कार्यदल गठन गरेको थियो । 

कार्यदलमा केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज उषाकला राई, केन्द्रीय सदस्य खगेन्द्र राई, केन्द्रीय सदस्य रमेश पौडेल, अनुशासन आयोगका सचिवालय सदस्य कर्ण घले, प्रदेश सचिवालय सदस्य पाँचकर्ण राई, प्रदेश सचिवालय सदस्य हरि पोखरेल, प्रदेश सचिवालय सदस्य इन्द्र दंगाल, एमाले जिल्ला अध्यक्ष रामप्रसाद दंगाल, उपाध्यक्ष देवविक्रम राई, सचिव कुमार आचार्य, उपसचिव दिपनारायण रिजाल र उपसचिव सुरेन्द्र राई समेत थिए ।

कार्यदलको सिफारिसमा जिल्ला कमिटीले निर्णय गरेर सर्वसम्मत उम्मेदवारको नामावली प्रदेश कमिटीमा पठाएको केन्द्रीय सदस्य रमेश पौडेलले जानकारी दिए । मेयर पदमा सर्वसम्मत उम्मेदवार चयन आचार्य जिल्लाको प्रतिष्ठित राजनीतिज्ञ हुन् । जिल्ला कमिटी सचिव समेत रहेका आचार्य यसअघिको चुनावका लागि समेत मेयर पदको दावेदार थिए । 

जिल्लाको पुरानो सक्रिय नेताको रुपमा परिचित आचार्य मेयर पदमा उम्मेदवार बन्दा एमालेले जित हासिल गर्ने आँकलन गरिएको छ । उपमेयर विणादेवी राई अहिलेको वहालवाला उपमेयर हुन् । पहिलो कार्यकालमा विकासप्रेमी नेतृको रुपमा पहिचान बनाएकाले एमालेले उहाँलाई नै उपमेयरको रुपमा दोहो¥याउने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...