News Portal

धरानमा नेकपा एमालेको जम्बो निर्वाचन परिचालन कमिटी धोषणा

पाटीले ११ हजार २८६ सदस्यीय परिचालन कमिटी

हिमालीसंचार संवाददाता
२३८ पटक

धरान – आगामी बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेद्वारलाई विजयी गराउनता लागि नेकपा एमालेले धरानमा आज ११ हजार २८६ जनाको निर्वाचन परिचालन मुल कमिटी घोषणा गरेको छ ।

एमालेले आज शुक्रबार धरान-१५ स्थित चुम्लुङ हिममा कार्यक्रम गर्दै मुरारी सुवेदीको संयोजकत्वमा एमालेले जम्बो निर्वाचन परिचालन मुल कमिटी घोषणा गरेको हो। सहसंयोजक मनोजकुमार मेन्याङ्बो, विजय राई, रमेशकुमार बस्नेत, जयकुमार राई, प्रकाश राई र रामकुमार आङ्बोहाङ रहेका छन्। त्यस्तै, , कमिटीको सदस्य सचिवमा नारायण सुवेदी र हर्कजंग एभेङ समेत रहेका छन् । 

एमाले धरानका अध्यक्षसमेत रहेका निर्वाचन परिचालन मुल कमिटीका सदस्य सचिव एभेङका अनुसार कमिटीमा धरानभित्र रहेका प्रदेश कमिटीका ३२ जना र जिल्ला कमिटीका ३० जना सदस्यहरु सबै रहेका छन् भने धरान उपमहानगर कमिटीका सबै २८५ जनालाई पनि राखिएको छ । 

यस्तै, धरान नगरभित्र रहेका जिल्ला विभाग र जिल्ला सल्लाहकार सबै जना रहने गरि १ सय ५० जना पनि मुल कमिटीमा राखिएको छ ।

जनसंगठन धरान नगर कमिटी र नगर भित्रका सबैलाई मुल कमिटीमा समेटिएको अध्यक्ष एभेङले जानकारी दिए । वडा कमिटी र शाखा कमिटीका सबै जना र टोल कमिटीका सबै जनलाई समावेश गरिएको पनि उनले बताए । 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...