News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • विश्व इतिहासमा आज: लेनिनको जन्मदिन, उनको पार्थिव शरिर ९८ वर्षपछि पनि सुरक्षित

    हिमालीसंचार संवाददाता
    २०३ पटक

    आज सोभियत संघका संस्थापक लेनिनको जन्मदिन हो। सन् १८७० अप्रिल २२ को दिन रुसी कम्युनिष्ट क्रान्तिका नेता मानिने लेनिनको जन्म भएको थियो । उनको वास्तविक नाम भ्लादिमिर इलिच उल्यानोभ थियो । तर पछि उनी लेनिन भनेर विश्वमा चिनिन थाले ।

    सन् १९१७ मा लेनिनले रुसी क्रान्तिको नेतृत्व गरे जसले देशलाई समाजवादी राज्यमा रुपान्तरण गर्यो । उनकै नेतृत्वमा रुसी क्रान्तिपछि १५ राज्य मिलाएर सन् १९२२ मा सोभियत संघको स्थापना भयो । पछि सोभियत संघ अमेरिकासँगै विश्वका दुई महाशक्ति मध्येको एक शक्ति बन्यो ।

    रुसी क्रान्तिकारी र राजनीतिक सिद्धान्तकार लेनिन कर्मठ मार्क्सवादी थिए । उनले सोभियत संघलाई मार्क्सको विचार अनुरुप ढालेका थिए । सोभियत संघको सत्तारुढ कम्युनिष्ट पार्टीले मार्क्‍सवादलाई मार्गदशक सिद्धान्त मानेको थियो । 

    पछि उनको मृत्युपछि सोभियत संघले माक्र्सवादको पछाडि लेनिनवाद जोडेर त्यसैलाई मार्गदर्शक सिद्धान्त मानेर पछ्याउन थाल्यो । 

    भ्लादिमिर इलिज उल्यानोभ कसरी ‘लेनिन’ बने ?

    उनको नाम लेनिन हुनुको एउटा विशेष कारण छ । लेनिनले लामो समय भूमिगत भएर क्रान्ति गरे । क्रान्तिकारी प्रति रुसी जारहरू कठोर थिए । 

    उनले रुसी सरकारको पकडबाट बच्न टुलिन, पेट्रोभजस्ता विभिन्न छद्म नाम प्रयोग गरे । लेनिनले जीवनकालमा १४६ छद्म नाम राखेको अध्येताहरूले पाएका छन् । जसमध्ये १२९ रुसी नाम थिए भने बाँकी १७ विदेशी । 

    लेनिन नाम भने उनले साईबेरिया निर्वासन हुँदा सन् १९०१ मा पहिलोपटक उल्लेख गरेको पाइन्छ । त्यसबेला उनी लेना नदी छेउ बसोबास गर्ने भएकाले उनले नदीको नामबाट मिलाएर लेनिन नाम प्रयोग गरेको मान्ने धेरै छन् । 

    यसमै जोडिएर आउने अर्को प्रसंग पनि छ । त्यसबेला रुसको चर्चित नदी भोल्गाबाट मिलाएर धेरै क्रान्तिकारीले भोल्गिन उपनाम राख्ने चलन नै चलेको थियो । त्यसमध्ये एक मेन्सेबिक नेता गिओर्गी प्लेखानोभले पनि भोल्गिन उपनाम राखेका थिए । 

    लेनिनले आफ्ना वैचारिक प्रतिस्पर्धी प्लेखानोभको उपनामलाई व्यंग्य गर्दै रुसीमाझ भोल्गाको तुलनामा कम चर्चित लेनाबाट नाम राखेको बताइन्छ । पछि यही नामले उनी चिनिन थाले । 

    कलेजबाट निष्कासनः  

    लेनिनलाई जार शासनको विरोध सभामा सहभागी भएको भन्दै उनलाई कलेजबाट निष्कासित गरिएको थियो । लेनिनको निष्कासनको अर्को कारण उनको दाई अलेक्जेण्डर उल्यानोभ पनि थिए । अलेक्जेण्डर सोही वर्ष जार शासक एलेक्ज्याण्डर तृतीयको हत्याको योजना बनाएको आरोप पक्राउ परेका थिए । सोही मुद्दामा सन् १८८७ मे ८ मा लेनिनका दाई र उनका चार साथीलाई मृत्युदण्ड दिइयो । त्यसबेला लेनिन १७ वर्षका थिए ।

    कलेजबाट निष्कासन भएपछि पनि लेनिनले हार मानेनन् उनले पत्रमार्फत अध्ययन गरेर १८९१ मा कानूनको डिग्री हासिल गरे । निर्वासन भोग्नुपर्दा १८९७ मा जार प्रहरीले लेनिनलाई उनको विद्रोही मनोवृत्तिको कारण पक्राउ गरी ३ वर्षको लागि साइबेरिया पठायो । यहाँ उनले २२ जुलाई १८९८  मा  नादेज्दा क्रुप्सकाया विवाह गरे । 

    साईबेरियाबाट फर्केपछि १५ वर्षसम्म लेनिन पश्चिम युरोपमा निर्वासित जीवन बिताए । यहाँ उनले अन्तर्राष्ट्रिय क्रान्तिकारी आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्न थाले र रुसी सामाजिक लोकतान्त्रिक वर्कर्स पार्टीको बोल्शेविक (बहुमत) गुटको नेता बने ।

    क्रान्तिपछि देश फिर्तीः

    लेनिन बोल्सेभिक क्रान्तिभन्दा केहीअघि मात्र सन् १९१७ मा रुसमा फर्केका थिए । लेनिनको नेतृत्वमा सन् १९१७ को सम्पन्न दोस्रो क्रान्तिलाई अक्टोबर क्रान्ति वा बोल्सेभिक क्रान्ति भनिन्छ । त्यसअघि राजतन्त्र उन्मुलन र्ने फेब्रुअरी क्रान्ति भएको थियो । लेनिन फेब्रुअरी क्रान्ति सम्पन्न भएपछि रुस फर्किएका थिए । बोल्सेभिक क्रान्ति सम्पन्न भएपछि रुसमा नयाँ सत्ताधारी र पुरानो सत्ताधारीबीच तीन वर्षसम्म गृहयुद्ध चल्यो ।

    गृहयुद्धमा लेनिनको नेतृत्वको बोल्सेभिकहरूले अन्ततः जित हासिल गरे र सम्पूर्ण देशलाई नियन्त्रणमा लिए । लेनिन सन् १९१७ देखि १९२४ सम्म सोभियत रुस र १९२२ देखि १९२४ सम्म सोभियत संघको सरकार प्रमुख थिए । उनको शासनकालमा रुस र त्यसपछि सोभियत संघ रुसी कम्युनिष्ट पार्टीद्वारा नियन्त्रित एक दलीय समाजवादी राज्य बनेको थियो । 

    लेनिनका प्रशंसक र विरोधी दुवै छन् । उनका समर्थकहरू उनलाई समाजवाद र सर्वहारा वर्गको मसिहा मान्छन्, जबकि आलोचकहरू उनलाई आलोचकप्रति असहिष्णु तानाशाही शासकको रूपमा सम्झन्छन् ।

    शव अझै सुरक्षित छः 

    सन् १९१८ मा लेनिनमाथि घातक बन्दुक हमला भयो, जसबाट उनी बालबाल बचेका थिए । उनलाई हानिएको गोली टाउकोमा लागेकाले उनी नराम्ररी घाइते भएका थिए । उनी बच्न सफल भएपछि त्यसपछि उनको स्वास्थ्य निरन्तर खस्कियो ।

    १९२२ मा उनलाई एक स्ट्रोक भयो, जसले उहाँलाई धेरै कमजोर बनायो । उनको मृत्यु २१ जनवरी १९२४ मा गोर्की नामक सानो सहरमा भएको थियो । सन् १९२४ मा लेनिनको मृत्यु भएपनि उनको दाहसंस्कार गरिएन । लेनिनको मृत्युपछि उनको शवमा विभिन्न प्रयोग गरेर नसड्ने बनाइयो । उनको शव आज पनि मस्कोको रेड स्क्वायरमा रहेको लेनिनको समाधिस्थलमा देख्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस्

    मंसिर ११ गते मंगलबारको तपाईको आजको राशिफल

    वि. सं. २०८१ साल मंसिर ११ गते मंगलबार || सन् २०२४ नोभेम्बर २६ तारिख मेष...

    प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा गएनन् दुई पूर्वप्रधानमन्त्री देउवा र भट्टराई

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा अनुपस्थित् भएका छन्।...

    स्वर्णिमले रास्वपा कब्जा गर्न रवि लामिछानेलाई जेल कोच्ने आधार खडा गरे : मुकुल ढकाल

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका निश्काशित महामन्त्री डा. मुकुल ढकालले पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले नै...

    सुन तोलामै १५ हजार सस्तिने, कहिलेदेखि लागू हुन्छ ?

    काठमाडौं। सरकारले सुनचाँदीको आयातमा लाग्ने भन्सार महसुल दर घटाएको छ। भारतमा सुनको भन्सार महसुल थोरै...

    प्रहरी विधयेक आइतबार मन्त्रिपरिषद्‍मा पेस

    काठमाडौँ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न वनेको...