News Portal

किरात जनवादी वर्कर्सका मुद्धा फिर्ता प्रक्रिया शुरु

हिमालीसंचार संवाददाता
२७५ पटक

काठमाडौं – नेपाल सरकार गृह मन्त्रालयले किरात जनवादी वर्कर्स पार्टीका नेता कार्यकर्ता रिहाइ र मुद्दा फिर्ता प्रक्रिया सुरू गरेको छ। सरकारले विभिन्न आरोपमा पक्राउ गरेका नेता, कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ता प्रक्रिया सुरू गरेको हो।

राष्ट्रिय राजनीतिको मूल धारमा आउने र स्थानीय तहका निर्वाचनमा भाग लिने बताएपछि सो पार्टीका नेता कार्यकर्ता रिहाइ प्रक्रिया सुरू गरेको गृह मन्त्रालयका प्रवक्ता तथा शान्ति सुरक्षा महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेलले जानकारी दिए। मन्त्रालयले कानून अनुरूप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने बताएको छ। 

मूलधारको राजनीतिभन्दा बाहिर रहेका शक्तिबीच वार्ता गर्न गठित प्रारम्भिक वार्ता उपसमितिबीच २०७१ साउन ११ गते चियाबारी कटेजमा वार्ता सम्पन्न भएको थियो। वार्तापछि किरात वर्कर्स पार्टीका तर्फबाट संयोजक साङकेन्मा किराती र प्रारम्भिक वार्ता उपसमितिको तर्फबाट संयोजक आनन्दप्रसाद ढुंगानाले हस्ताक्षर गरेका  थिए। 

गृह मन्त्रालय स्रोतका अनुसार विभिन्न आरोपमा पक्राउ परेका दर्जन नेता, कार्यकर्ता थुनामा छन्। कानून अनुरूप मिल्ने मुद्दा फिर्ता लिने र नेता कार्यकर्ता रिहाइ प्रक्रिया सुरू भएको हो। सो पार्टीले पूर्वी नेपालमा आफ्ना क्रियाकलाप गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...