News Portal

मेयर उम्मेदवारका लागि नेपाल सरकारको उपसचिवबाट राजीनामा

हिमालीसंचार संवाददाता
३०७ पटक

काठमाडौं – नेपाल सरकारका उपसचिव विष्णुप्रसाद भुसालले पूर्वीनवलपरासी देवचुली नगरपालिकाको मेयर पदको उम्मेदवार बन्नका लागि उपसचिव पदबाट राजीनामा दिएका छन्। हाल संघीय मन्त्रालयमा कार्यरत भुसालले शुक्रबार आफूले उपसचिवबाट राजीनामा दिएको जानकारी दिए ।

‘देवचुलीका साथीहरूको आग्रहअनुसार राजीनामा दिएर जिल्ला हिँडें‚’ भुसालले भने‚ ‘देवचुलीलाई आउँदो ५ वर्षमा सबैले हेर्न लायक बनाउने अथक प्रयास गर्ने छु । मैले करिब २५ वर्षको जागिरे जीवनको अनुभवबाट देवचुलीको काँचुली फेर्न भित्र मनदेखि नै इमान्दार प्रयास गर्ने छु ।’

देवचुली नगरपालिकाको स्थायी बासिन्दा भुसालले नेपाली कांग्रेसबाट उम्मेदवार दिने इच्छा राखेका छन् । उनी यसअघि त्यही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत थिए । उनी कुशल प्रशासक र राम्रो छवि भएका मानिन्छन् । स्थानीय मतदाताको आग्रहअनुसार आफूले राजीनामा दिएर पार्टी राजनीतिमा आएको सुनाए । 

उनलाई जिल्ला पार्टी सभापति महेन्द्रध्वज जीसी र नेपाली कांग्रेस गण्डकीका महामन्त्री विष्णु लामिछाने र अर्का नेता डा. शशांक कोइरालाले राजनीतिमा आउन ग्रिन सिग्लन दिएका कारण राजनीतिमा होमिएको गाउँमा चर्चा छ ।

देवचुली नगरपालिकामा यसअघिको निर्वाचनमा पनि मेयरसहित बहुमतले नेपाली कांग्रेसले नै जितेको हो । विस २०५५ सालअघि उनी साविकको देवचुली गाउँ कमिटीको नेपाली कांग्रेस सभापति थिए । पछि लोकसेवा पास गरेर निजामतीमा प्रवेश गरेका हुन् 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...