News Portal

चितवन सभापति खनालको आग्रह “गठबन्धन विरोधी गतिविधि नगर्नू”

हिमालीसंचार संवाददाता
२२१ पटक

चितवन – नेपाली कांग्रेस चितवनले गठबन्धन विरोधी गतिविधि नगर्न आफ्नो कार्यकर्तालाई अनुरोध गरेको छ। जिल्ला सभापति राजेश्वर खनालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय परिपत्र भन्दा बाहिर गएर कुनै भेला, छलफल, गोष्ठी नगर्न र नगराउन पार्टीका सबै नेता, कार्यकर्तालाई आग्रह गरेका हुन् ।

‘गठबन्धनलाई नकरात्मक प्रभाव पर्नेगरी केन्द्रीय परिपत्र भन्दा बाहिर गएर कुनै गतिविधि नगर्न आग्रह गर्दछु,’ उनले भनेका छन्, ‘चितवन कांग्रेस गठबन्धनलाई पूर्ण पालना गरी अघि बढ्छ।’ यसअघि नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकाको मेयर पार्टीले पाएमात्रै गठबन्धन स्वीकार गर्ने निर्णय गरेको थियो।

सभापति खनालको नेतृत्वमा नेताहरुले शीर्ष नेतालाई भेटेर दबाब दिएका थिए। तर केन्द्रीय गठबन्धनले यहाँको मेयर नेकपा माओवादी केन्द्रले पाउनेगरी भागबण्डा गरेको थियो। खनालले पार्टी केन्द्रले गरेको निर्णय कार्यकर्ताले मान्नुपर्ने बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...