News Portal

धरानमा वडास्तरसम्म सहमति जुट्यो, एउटै चुनाव चिह्नबाट चुनाव लड्ने

हिमालीसंचार संवाददाता
११८७ पटक

घरान – सत्तारुढ गठबन्धनले धरान उपमहानगरपालिका धरानमा वडा तहसम्म भागबण्डा मिलाएका छन् । शीर्ष नेताहरूले मेयर र उपमेयरको भागबन्डा गरेलगतै गठबन्धनमा रहेका दलहरूले वडा तहसम्म तालमेल गर्ने निर्णय गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका नेता आइन्द्रबिक्रम बेघाका अनुसार धरानमा नेपाली कांग्रेसले मेयरसहित १, २, ५, ६,७, ८, ९, ११, १२, १३, १४, १६ र १८ गरी १३ वटा वडाको वडाअध्यक्ष पाएको छ ।

यस्तै, नेकपा माओवादी केन्द्रले उपमेयरसहित चारवटा वडा ३, १५, १७ र २० को वडाअध्यक्ष पाएको छ भने जसपाको भागमा १० र १९ वडा अध्यक्ष र एकीकृत समाजवादीको भागमा वडा नम्बर ४ को वडाध्यक्ष परेको छ ।

नगरमा मेयर उपमेयरले भने आ-आफ्नो पार्टीको चुनावबाट लड्नेछन् भने वडामा सबै दलका उम्मेदवारले एउटै चुनाव चिह्नबाट लड्ने सहमति गरेका छन् । ‘वडामा जुन पार्टीले वडा अध्यक्षको टिकट पाएको छ, सोही पार्टीको चुनाव चिह्नबाट सदस्यहरू उम्मेदवार बन्ने सहमति भएको छ’ उनले भने, ‘केन्द्रको फरक निर्देशन आएन भनेसहमति अनुसार अघि बढ्छौं ।’

धरानका वडामा सबै दलको प्रतिनिधित्व हुने उनले बताए । ‘केही वडामा बाँकी छ, अधिकांश वडा सदस्यमा सहमति गरेका छौं’ उनले भने, ‘वडामा गठबन्धनमा रहेकादलहरूको प्रतिनिधित्व हुन्छ ।’

धरानमा वडाअध्यक्षको टिकट लिनेले सदस्य अरु पार्टीलाई छोड्नु पर्नेछ समेत सहमति भएको छ  । २०७४ को निर्वाचनमा धरानमा नेकपा एमालेले मेयर उपमेयरसहित १४ वटा वडामा विजयी भएको थियो । नेकपा माओवादी केन्द्रले १ र कांग्रेसले पाँचवटा वडा जितेको थियो । मेयर तारा सुब्बाको निधनपछि उपनिर्वाचनमा धरानमा नेपाली कांग्रसबाट उम्मेदवार बनेका तिलक राईले मेयर विजय भएका थिए ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...