News Portal

  • धरानमा वडास्तरसम्म सहमति जुट्यो, एउटै चुनाव चिह्नबाट चुनाव लड्ने

    हिमालीसंचार संवाददाता
    ११०३ पटक

    घरान – सत्तारुढ गठबन्धनले धरान उपमहानगरपालिका धरानमा वडा तहसम्म भागबण्डा मिलाएका छन् । शीर्ष नेताहरूले मेयर र उपमेयरको भागबन्डा गरेलगतै गठबन्धनमा रहेका दलहरूले वडा तहसम्म तालमेल गर्ने निर्णय गरेका हुन् ।

    नेकपा माओवादी केन्द्रका नेता आइन्द्रबिक्रम बेघाका अनुसार धरानमा नेपाली कांग्रेसले मेयरसहित १, २, ५, ६,७, ८, ९, ११, १२, १३, १४, १६ र १८ गरी १३ वटा वडाको वडाअध्यक्ष पाएको छ ।

    यस्तै, नेकपा माओवादी केन्द्रले उपमेयरसहित चारवटा वडा ३, १५, १७ र २० को वडाअध्यक्ष पाएको छ भने जसपाको भागमा १० र १९ वडा अध्यक्ष र एकीकृत समाजवादीको भागमा वडा नम्बर ४ को वडाध्यक्ष परेको छ ।

    नगरमा मेयर उपमेयरले भने आ-आफ्नो पार्टीको चुनावबाट लड्नेछन् भने वडामा सबै दलका उम्मेदवारले एउटै चुनाव चिह्नबाट लड्ने सहमति गरेका छन् । ‘वडामा जुन पार्टीले वडा अध्यक्षको टिकट पाएको छ, सोही पार्टीको चुनाव चिह्नबाट सदस्यहरू उम्मेदवार बन्ने सहमति भएको छ’ उनले भने, ‘केन्द्रको फरक निर्देशन आएन भनेसहमति अनुसार अघि बढ्छौं ।’

    धरानका वडामा सबै दलको प्रतिनिधित्व हुने उनले बताए । ‘केही वडामा बाँकी छ, अधिकांश वडा सदस्यमा सहमति गरेका छौं’ उनले भने, ‘वडामा गठबन्धनमा रहेकादलहरूको प्रतिनिधित्व हुन्छ ।’

    धरानमा वडाअध्यक्षको टिकट लिनेले सदस्य अरु पार्टीलाई छोड्नु पर्नेछ समेत सहमति भएको छ  । २०७४ को निर्वाचनमा धरानमा नेकपा एमालेले मेयर उपमेयरसहित १४ वटा वडामा विजयी भएको थियो । नेकपा माओवादी केन्द्रले १ र कांग्रेसले पाँचवटा वडा जितेको थियो । मेयर तारा सुब्बाको निधनपछि उपनिर्वाचनमा धरानमा नेपाली कांग्रसबाट उम्मेदवार बनेका तिलक राईले मेयर विजय भएका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २८ गतेको राशिफल

    आज भदौ २८, २०८२ (सेप्टेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरे

    कुवेत – कुवेतमा केही महिनाअघि मात्र गठन भएको युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा...

    संसद विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ, शीलतनिवासमा जुट्यो सहमति

    काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ। शुक्रबार दिनभर...

    सार्वजनिक यातायात कहिले चल्छ अन्योलमा, यात्रु मर्कामा

    काठमाडौं, २७ भदौ – देशभरको हालको परिस्थितिले छोटो तथा लामो दूरीका सार्वजनिक यातायात अनिश्चितकालका लागि...

    पोस्टमार्टमपछि ५१ मृतकमध्ये शव परिवारलाई सुम्पियो

    काठमाडौं, भदौ २७ – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टम पछि परिवारलाई हस्तान्तरण...