News Portal

काङ्ग्रेस कार्यकर्ता र शुभचिन्तक देउवाका दास होइनन्

हिमालीसंचार संवाददाता
७२४ पटक

धादिङ–  नेपालको राजनैतिक आर्थिक सामाजिक साङ्कृतिक परिवर्तन एक गर्भिलो ईतिहास बोकेको नेपालको सबै भन्दा जेठो पुरानो अनि प्रजातान्त्रिक पार्टी नेपाली काङ्ग्रेसको भर्खरै सकिएको महादिबेशनबाट नयाँ  नेतृत्व चयन गरेर एक उत्सब मनाउन नपाउदै राजनितिक पार्टिको हकमा भन्नू पर्दा अर्को महापर्व महा उत्सब शुरु भएको छ। देशमा स्थानिय चुनाबको सरगर्मी ह्वात्तै बढेको छ। यहि बिचमा सभा सम्मेलन गोष्टी अनि ती सभा सम्मेलन गोस्टी मिटिङमा एकले अर्कोलाई उछिटो काड्ने खुइल्याउने तथा आफू र आफ्नो पार्टीलाई राम्रो अनि अरु र अर्को पार्टीलाई नराम्रो भन्ने होडबाजि नै चलेको छ।

स्थानिया चुनाब जसले जनतासङ प्रत्यक्ष सरोकार राख्ने र पार्टिको जग नै स्थानिय तह भएको कारण आआफ्ना उमेदवारको जित निकाल्न सबै पार्टी तल्लिन र जुन सुकै कार्य गर्न पछि नपरेको देखिन्छ।पार्टी प्रवेस गराउने, टिकटको तालमेल मिलाउने देखि गठबन्धन गर्ने सम्मको हर्कतहरु राम्रै सङ देखिएको पाइन्छ। गठबन्धन कै कुरा गर्दा काङ्ग्रेस र कम्निस्ट बिच अनि कम्निस्ट र मन्डले बिचको तालमेल छर्लङ्ग देख्न पाईन्छ। यसले के देखाउछ।

भने अहिलेको राजनितिक पार्टिमा पद सत्ता शक्तिको लागि सिद्धान्त एजेण्डा विधि सानो भएको आभास हुन्छ। सिद्धान्त, विधि बिधानलाई तिलान्जली दिने मध्येको पहिलो तीन ब्यक्ती हुन देउवा, दाहाल र ओलि जसले काङ्ग्रेसको सिद्धान्त बिपरित कम्निस्ट सङ र कम्निस्टको सिद्धान्त बिपरित मन्डले सङ चुनाबी गठबन्धन गरेका छन।यसले उनिहरु २/४ जनालाई त फाइदा पुग्ला तर निरन्तरमा देश र जनतालाइ भुत्लो भाङ केही हुनेवाला छैन। विभिन्न बहानामा आफ्नो फाइदाको लागि टाउको मिले पनि स्थानिय तहमा भने महानगर र उपमहानगर को सिट बाडफाड भए देखिन नै काङ्ग्रेसका स्थानिया तहबाट बडो कडा बिरोध भएको देख्न सकिन्छ।

कतै सामुहिक राजिनामा त कतै स्वतन्त्र उम्मेद्बारी अनि कतै पार्टी कार्यलय तालाबन्दी अनि सामाजिक सन्जालमा स्वर्गिया शन्ती नायक गिरिजा बाबुको मृत्यु सैयाको अन्तिम बोली शेर बहादुरको हातमा काङ्ग्रेसको नेतृत्व गए काङ्ग्रेस सकिन्छ जस्ता कुरा महानगर र उपमहानगर को सिट बाडफाड पछि काङ्ग्रेस सभापती शेर बहादुरले कति स्थानिय तह छोड्नु बाध्यता हारे के हुन्छ? तपाईलाई जिताउन जस्ता अभिव्यक्ति दिएर तल्लो स्थानिय तहलाइ मिलाउन खोजे पनि कति ठाउमा केन्द्रको कुरा पटक्कै नसुन्ने बातावरण सिर्जना भएको छ।

हिजो महादिबेशनमा शेर बहादुरलाइ सभापती बनाउन मत हाल्ने ती हात काप्दै अनि शेखरलाइ हराउदाको मन खिन्न बनाउदै तालमेल भएको स्थानिय तहबाट हामी काङ्ग्रेस हौ काङ्ग्रेस नै भएर बस्छौ काङ्ग्रेसलाई नै भोट हाल्छौ यसको मतलब शेरबहादुरलाइ काङ्ग्रेस कार्यकर्ता र शुभचिन्तक तपाइको दास होइन तपाइले जे भन्यो त्यही मान्ने भन्नी सन्देश राम्रै सङ दिएको मज्जाले अनुभव गर्न पाइन्छ।

 

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...