News Portal

ताप्लेजुङमा सत्ता साझेदार दलबीच यसरी जुट्यो सहमति

हिमालीसंचार संवाददाता
३०७ पटक

सिमोन भट्टराई/ ताप्लेजुङ – आगामी बैशाख ३० गते हुन लागि रहेको स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दलबीच गठबन्धन गर्ने सहमतिसँगै नेतृत्व भागबण्डा पनि टुङ्गिएको छ । जिल्लामा रहेका सत्ता साझेदार दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच नेतृत्व भागबण्डा भएको हो ।

तीन दलबीच गठबन्धन गर्ने सहमतिसँगै एक नगरपालिकासहित नौ वटा स्थानीय तहमध्ये काँग्रेसलाई सात र माओवादी केन्द्रलाई दुई स्थानीय तहको नेतृत्व गर्नेगरी भागबण्डा भएको बुधबार साँझ पत्रकार सम्मेलन गरी ती दलले जानकारी गराएका छन् । 

यस्तै, उपप्रमुख वा उपाध्यक्षमा काँग्रेसलाई दुई, माओवादी छ र एकीकृत समाजवादीलाई एक रहेको छ । जसअनुसार फुङ्लिङ नगरपालिका प्रमुखमा काँग्रेस, उपप्रमुख माओवादी केन्द्र, आठराई त्रिबेणी गाउँपालिकामा अध्यक्ष काँग्रेस, उपाध्यक्ष माओवादी केन्द्रलाई परेको छ ।

मैवाखोला गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र, उपाध्यक्ष काँग्रेस, मेरिङ्देन गाउँपालिका अध्यक्षमा काँग्रेस, उपाध्यक्ष एकीकृत समाजवादी, मिक्वाखोला गाउँपालिकामा अध्यक्ष काँग्रेस, उपाध्यक्ष माओवादी केन्द्र, फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष काँग्रेसको भागमा परेको छ । 

यस्तै, सिदिङ्वा गाउँपालिका अध्यक्षमा काँग्रेस, उपाध्यक्ष माओवादी केन्द्र, सिरिजङ्घा गाउँपालिका अध्यक्ष काँग्रेस, उपाध्यक्ष माओवादी केन्द्रलाई परेको छ भने पाथीभरा याङ्वरक गाउँपालिकामा पनि अध्यक्ष काँग्रेस र उपाध्यक्ष माओवादी केन्द्रको भागमा परेको छ ।

यसैगरी ६१ वडामध्ये काँग्रेसलाई ३९, माओवादी केन्द्रलाई १५ र एकीकृत समाजवादीलाई सात वटा वडा भागबण्डा भएको छ । यता जिल्ला समन्वय समिति प्रमुखसहित एकजना सदस्य माओवादी केन्द्रलाई, उपप्रमुखसहित एक सदस्य एकीकृत समाजवादीलाई र पाँचजना सदस्य काँग्रेसलाई दिने सहमति भएको छ । सहमति पत्रमा काँग्रेसका जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ र माओवादी केन्द्रका जिल्ला संयोजक विष्णुकुमार हाङ्बाङ लिम्बूले हस्ताक्षर गरेका छन् ।

यसरी सत्ता साझेदार दलबीच लामो रस्साकसीका साथ अन्तिममा आएर मंगलबार राति अबेर मात्र गठबन्धन गरेर जाने सहमति भएको हो । सत्ता साझेदार दलभित्रकै जनता समाजवादी पार्टी नेपालले भने आफ्नो प्रस्वात स्वीकृत नहुने भएपछि छलफलको प्रारम्भिक चरणबाटै गठबन्धन छोडेर बाहिरिएको छ । 

जसपा कतिपय ठाउँमा एक्लै र कतिपयमा नेकपा एमालेसँग गठबन्धन गरेर चुनाव लड्ने बुझिएको छ । प्रदेश १ सरकारमा साझेदार दल लिम्बुवान मञ्च नेपाल पनि गठबन्धनबाट सुरुमै बाहिरिएका छन् ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...