News Portal

ताप्लेजुङमा सत्ता साझेदार दलबीच यसरी जुट्यो सहमति

हिमालीसंचार संवाददाता
२५७ पटक

सिमोन भट्टराई/ ताप्लेजुङ – आगामी बैशाख ३० गते हुन लागि रहेको स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दलबीच गठबन्धन गर्ने सहमतिसँगै नेतृत्व भागबण्डा पनि टुङ्गिएको छ । जिल्लामा रहेका सत्ता साझेदार दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच नेतृत्व भागबण्डा भएको हो ।

तीन दलबीच गठबन्धन गर्ने सहमतिसँगै एक नगरपालिकासहित नौ वटा स्थानीय तहमध्ये काँग्रेसलाई सात र माओवादी केन्द्रलाई दुई स्थानीय तहको नेतृत्व गर्नेगरी भागबण्डा भएको बुधबार साँझ पत्रकार सम्मेलन गरी ती दलले जानकारी गराएका छन् । 

यस्तै, उपप्रमुख वा उपाध्यक्षमा काँग्रेसलाई दुई, माओवादी छ र एकीकृत समाजवादीलाई एक रहेको छ । जसअनुसार फुङ्लिङ नगरपालिका प्रमुखमा काँग्रेस, उपप्रमुख माओवादी केन्द्र, आठराई त्रिबेणी गाउँपालिकामा अध्यक्ष काँग्रेस, उपाध्यक्ष माओवादी केन्द्रलाई परेको छ ।

मैवाखोला गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र, उपाध्यक्ष काँग्रेस, मेरिङ्देन गाउँपालिका अध्यक्षमा काँग्रेस, उपाध्यक्ष एकीकृत समाजवादी, मिक्वाखोला गाउँपालिकामा अध्यक्ष काँग्रेस, उपाध्यक्ष माओवादी केन्द्र, फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष काँग्रेसको भागमा परेको छ । 

यस्तै, सिदिङ्वा गाउँपालिका अध्यक्षमा काँग्रेस, उपाध्यक्ष माओवादी केन्द्र, सिरिजङ्घा गाउँपालिका अध्यक्ष काँग्रेस, उपाध्यक्ष माओवादी केन्द्रलाई परेको छ भने पाथीभरा याङ्वरक गाउँपालिकामा पनि अध्यक्ष काँग्रेस र उपाध्यक्ष माओवादी केन्द्रको भागमा परेको छ ।

यसैगरी ६१ वडामध्ये काँग्रेसलाई ३९, माओवादी केन्द्रलाई १५ र एकीकृत समाजवादीलाई सात वटा वडा भागबण्डा भएको छ । यता जिल्ला समन्वय समिति प्रमुखसहित एकजना सदस्य माओवादी केन्द्रलाई, उपप्रमुखसहित एक सदस्य एकीकृत समाजवादीलाई र पाँचजना सदस्य काँग्रेसलाई दिने सहमति भएको छ । सहमति पत्रमा काँग्रेसका जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ र माओवादी केन्द्रका जिल्ला संयोजक विष्णुकुमार हाङ्बाङ लिम्बूले हस्ताक्षर गरेका छन् ।

यसरी सत्ता साझेदार दलबीच लामो रस्साकसीका साथ अन्तिममा आएर मंगलबार राति अबेर मात्र गठबन्धन गरेर जाने सहमति भएको हो । सत्ता साझेदार दलभित्रकै जनता समाजवादी पार्टी नेपालले भने आफ्नो प्रस्वात स्वीकृत नहुने भएपछि छलफलको प्रारम्भिक चरणबाटै गठबन्धन छोडेर बाहिरिएको छ । 

जसपा कतिपय ठाउँमा एक्लै र कतिपयमा नेकपा एमालेसँग गठबन्धन गरेर चुनाव लड्ने बुझिएको छ । प्रदेश १ सरकारमा साझेदार दल लिम्बुवान मञ्च नेपाल पनि गठबन्धनबाट सुरुमै बाहिरिएका छन् ।

प्रतिकृया दिनुहोस्

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको...

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...