News Portal

ओलीलाई परास्त गरेर फेरि वाम एकता हुन्छ : प्रचण्ड

हिमालीसंचार संवाददाता
२०८ पटक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावमा केपी ओलीको निरकुंश प्रवृत्तिलाई परास्त गर्नुपर्ने बताएका छन्। कैलालीको मसुरियामा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले केपी ओलीको निरकुंश प्रवृत्तिलाई परास्त गरेर फेरि वाम एकता हुने बताए।

अध्यक्ष प्रचण्डले भने, ‘केपी ओलीको निरकुंश प्रवृत्तिलाई परास्त गर्नुपर्छ। अहिले परास्त गरेपछि फेरि वाम एकता हुन्छ। यो गठबन्धनलाई बलियो बनाएर वामपन्थीमध्येको एक नम्बरको कम्युनिस्ट पार्टी बनाउनुपर्छ। त्यसपछि गठबन्धन नयाँ सिराबाट अघि बढ्नसक्छ।’

अध्यक्ष प्रचण्डले भने गठबन्धन पछिसम्म कायम रहने र यही गठबन्धनले देशलाई पार लगाउने दाबी गरे। उनले शान्ति प्रक्रिया र माओवादी पार्टी बचाउनलाई एमसीसीमा हस्ताक्षर गरेको स्पष्ट पारे। ‘शान्ति प्रक्रिया दुर्घटनामा जाने भयो, देश दुर्घटनामा जाने भयो। माओवादी आन्दोलन भयावह हुने भयो। त्यही भएर एमसीसीमा हस्ताक्षर गरे। माओवादी आन्दोलन बचेको छ। देश बचेको छ।’

प्रचण्डले थप भने ‘हामीले प्रस्ताव गरेको प्रधानमन्त्री संघीयताविरोधी, संविधानविरोधी थिए। संसद् विघटन गरेको हामी सबैलाई थाहा छ,’ उनले भने, ‘मेरै निर्वाचन क्षेत्रमा राम-सीता-लक्ष्मण राखिदिए। जाली, फटाहासँग त लड्न सक्दैन।’ त्यसैले उनलाई सडक हुदै बार्दली पु’याएको दोहोर्याए। 

प्रतिकृया दिनुहोस्

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको...

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...