News Portal

ओलीलाई परास्त गरेर फेरि वाम एकता हुन्छ : प्रचण्ड

हिमालीसंचार संवाददाता
२५६ पटक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावमा केपी ओलीको निरकुंश प्रवृत्तिलाई परास्त गर्नुपर्ने बताएका छन्। कैलालीको मसुरियामा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले केपी ओलीको निरकुंश प्रवृत्तिलाई परास्त गरेर फेरि वाम एकता हुने बताए।

अध्यक्ष प्रचण्डले भने, ‘केपी ओलीको निरकुंश प्रवृत्तिलाई परास्त गर्नुपर्छ। अहिले परास्त गरेपछि फेरि वाम एकता हुन्छ। यो गठबन्धनलाई बलियो बनाएर वामपन्थीमध्येको एक नम्बरको कम्युनिस्ट पार्टी बनाउनुपर्छ। त्यसपछि गठबन्धन नयाँ सिराबाट अघि बढ्नसक्छ।’

अध्यक्ष प्रचण्डले भने गठबन्धन पछिसम्म कायम रहने र यही गठबन्धनले देशलाई पार लगाउने दाबी गरे। उनले शान्ति प्रक्रिया र माओवादी पार्टी बचाउनलाई एमसीसीमा हस्ताक्षर गरेको स्पष्ट पारे। ‘शान्ति प्रक्रिया दुर्घटनामा जाने भयो, देश दुर्घटनामा जाने भयो। माओवादी आन्दोलन भयावह हुने भयो। त्यही भएर एमसीसीमा हस्ताक्षर गरे। माओवादी आन्दोलन बचेको छ। देश बचेको छ।’

प्रचण्डले थप भने ‘हामीले प्रस्ताव गरेको प्रधानमन्त्री संघीयताविरोधी, संविधानविरोधी थिए। संसद् विघटन गरेको हामी सबैलाई थाहा छ,’ उनले भने, ‘मेरै निर्वाचन क्षेत्रमा राम-सीता-लक्ष्मण राखिदिए। जाली, फटाहासँग त लड्न सक्दैन।’ त्यसैले उनलाई सडक हुदै बार्दली पु’याएको दोहोर्याए। 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...