News Portal

गठबन्धनले धरानमा वडाको भागबन्डा पनी टुंग्यायो

हिमालीसंचार संवाददाता
४८८ पटक

धरान – सुनसरीको धरान उपमहानगरपालिका धरानमा सत्ता गठबन्धनले वडाहरूको उम्मेदवारी कसले पाउने भन्ने टुंगो लगाएका छन्।

धरानमा मेयरसहित नेपाली कांग्रेसले १३ वडा, नेकपा माओवादी केन्द्रले उपमेयर सहित ४ वटा वडा, जनता समाजवादी पार्टीले २ वडा र नेकपा समाजवादीले १ वटा वडा पाउने गरी सहमति भएको छ।

धरानमा दलहरूको सहमति अनुसार नेपाली कांग्रेसले प्रमुखसहित १३ वडामा वडाध्य्क्षको उम्मेदवारी पाउने भएको छ।धरानको १,२,५,६,७,८,९,११,१२,१३,१४,१६ र १८ नम्बर वडामा कांग्रेसले अध्यक्ष पाउने भएको हो। 

त्यस्तै, नेकपा मओवादी केन्द्रले उपप्रमुखसहित ४ वटा वडामा उम्मेदवारी दिने सहमति भएको छ। धरानको वडा नं. ३, १५, १७ र २० नम्बरको अध्यक्ष उसले पाउने भएको हो।

जनता समाजवादी पार्टीले दुई वटा वडा १० र १९ पाउँदा नेकपा एकीकृत समाजवादी पार्टीले वडा नम्बर ४ को अध्यक्ष पाउनेगरि सहमति भएको छ। 

गठबन्धनका स्थानीय नेताले धरानको समग्र विकासका लागि उम्मेदवार छानिएको बताएका छन्। ‘धरानको समग्र विकास सबैको सहमतिमा गर्ने अठोटका साथ भएको यो गठबन्धनका सबै उमेद्वारलाई विजयी गराई नेपालको पुरानो ऐतिहासिक धरान उपमहानगरपालिका धरानको समग्र विकासको अगुवाइ गर्ने कार्यमा सबै दल सम्बद्ध नेता कार्यकर्ता, आम मतदाता र सञ्चार क्षेत्रका सबै सञ्चारकर्मी साथीहरुलाई सहयोगका लागि हार्दिक अपिल गर्दछौं, ’ गठबन्धनको अपिलमा भनिएको छ।

प्रतिकृया दिनुहोस्

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको...

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...