News Portal

  • भागबन्डा नमिल्दा नेकपा एकीकृत समाजबादीले गंगाजमुनामा गठबन्धन नगर्ने

    हिमालीसंचार संवाददाता
    ६१३ पटक

    धादिङ – निर्वाचन नजिकिँदै गर्दा धादिङ जिल्लामा गठबन्धनकाे बैठक घरीघरी बस्दा पनि निचोडमा पुग्न नसक्दा कार्यकर्ताहरु अन्योलमा परेका छन्।जिल्लामा सहमति हुन नसकेपछि पालिका स्तरमा बैठक बस्न गठबन्धन सम्बन्धि छलफल गर्न आ आफ्नो शीर्ष नेताबाट सर्कुलेसन गरेको थियाे।त्यस् अनुरुप गङगाजमुना गाउँ पालिकामा हिजो बसेको बैठकले सहमति जुटाउन नसकेपछी बैठक स्थापित भएको छ।

    फेरि पुनः आज बैठक बस्दा पनि कुरा नमिले पछि नेकपा एकीकृत समाजबादीले बैठक नै बहिष्कार गरेको छ। नेकपा एकीकृत समाजबादीले जिल्ला स्तरीय बैठकबाट भाग भागबन्डा गर्दा उपाध्यक्ष वा अध्यक्ष समाजबादीलाई दिने कुरा अनौपचारिक रुपमा सहमति भएर आएको कुरा बाहिर आएको थियो।आज गठबन्धकाे छलफल हुन्दा नेपाली कांग्रेसले पालिका अध्यक्ष सहित ३ वटा वडा,माओवादीले उपाध्यक्ष सहित ३ वटा वडा पाउनु पर्ने दाबी गरेको छ।

    भने समाजबादीले पालिका अध्यक्ष पाउनेले १ वडा उपाध्यक्ष पाउनेले २ वडा र अरुले ४ वटा वडा पाउने गरि प्रस्ताव राख्दा माओवादी र नेपाली काङ्ग्रेसले अस्विकार गरे।यसैगरी भागबन्डामा कुरा नमिल्दा बैठक बहिस्कार गरि निस्केको थियो।अब जिल्लाबाट केही निर्देसन नआएमा गङ्गाजमुना गाउँ पलिकामा नेकपा एकीकृत समाजबादी एक्लै चुनावमा लड्ने मनस्थिति बनाएको कुरा नेकपा एकीकृत समाजबादी गङजमुना गाउँ पालिकाका अध्यक्ष एलिजर तामाङले हिमाली संचार डटकमसङकाे कुराकानीमा बताए।

    एक्लै निर्वाचनमा जादा आफ्नो पार्टीको मुल्यांकन हुने भएकोले नेकपा एकीकृत समाजबादीले एक्लै चुनाब लड्नु नै बुद्धिमानी हुने कुरा तामाङले बताए। अब निर्वाचनमा एक्लै जान तयारी रहेको कुरा नेकपा एकीकृत समाजबादीले केही वडाहरु जित्ने सम्भावना रहेको कुरा बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दलका नेतृत्वहरु अनिर्णयको बन्दि

    – कमला थापा/२०८२ कार्तिक २० गते। देशमा यति ठूल्ठूला दुर्घटनाहरू भए। देशका ऐतिहासिक धरोहरहरू जले,...

    सुधन गुरुङले गृहमन्त्रीको राजीनामा माग्दै चेतावनी दिए: “जेन–जीको माग सम्बोधन नभए चुनाव हुन दिँदैन”

    काठमाडाैं, कार्तिक २० – ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन्।...

    युवा संघद्वारा मेयर बालेनविरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गर्ने तयारी

    काठमाडौं, कार्तिक २० – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा लेखेको स्टाटसलाई लिएर एमाले निकट...

    रवि र छविको मुद्दा आज उच्च अदालत बुटवलमा सुनुवाइ हुँदै

    बुटवल, कात्तिक २० – सहकारी ठगी र संगठित अपराधको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

    आज २०८२ साल कार्तिक २० गतेको राशिफल

    आज कार्तिक २०, २०८२ (नोभेम्बर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...