News Portal

भागबन्डा नमिल्दा नेकपा एकीकृत समाजबादीले गंगाजमुनामा गठबन्धन नगर्ने

हिमालीसंचार संवाददाता
६४६ पटक

धादिङ – निर्वाचन नजिकिँदै गर्दा धादिङ जिल्लामा गठबन्धनकाे बैठक घरीघरी बस्दा पनि निचोडमा पुग्न नसक्दा कार्यकर्ताहरु अन्योलमा परेका छन्।जिल्लामा सहमति हुन नसकेपछि पालिका स्तरमा बैठक बस्न गठबन्धन सम्बन्धि छलफल गर्न आ आफ्नो शीर्ष नेताबाट सर्कुलेसन गरेको थियाे।त्यस् अनुरुप गङगाजमुना गाउँ पालिकामा हिजो बसेको बैठकले सहमति जुटाउन नसकेपछी बैठक स्थापित भएको छ।

फेरि पुनः आज बैठक बस्दा पनि कुरा नमिले पछि नेकपा एकीकृत समाजबादीले बैठक नै बहिष्कार गरेको छ। नेकपा एकीकृत समाजबादीले जिल्ला स्तरीय बैठकबाट भाग भागबन्डा गर्दा उपाध्यक्ष वा अध्यक्ष समाजबादीलाई दिने कुरा अनौपचारिक रुपमा सहमति भएर आएको कुरा बाहिर आएको थियो।आज गठबन्धकाे छलफल हुन्दा नेपाली कांग्रेसले पालिका अध्यक्ष सहित ३ वटा वडा,माओवादीले उपाध्यक्ष सहित ३ वटा वडा पाउनु पर्ने दाबी गरेको छ।

भने समाजबादीले पालिका अध्यक्ष पाउनेले १ वडा उपाध्यक्ष पाउनेले २ वडा र अरुले ४ वटा वडा पाउने गरि प्रस्ताव राख्दा माओवादी र नेपाली काङ्ग्रेसले अस्विकार गरे।यसैगरी भागबन्डामा कुरा नमिल्दा बैठक बहिस्कार गरि निस्केको थियो।अब जिल्लाबाट केही निर्देसन नआएमा गङ्गाजमुना गाउँ पलिकामा नेकपा एकीकृत समाजबादी एक्लै चुनावमा लड्ने मनस्थिति बनाएको कुरा नेकपा एकीकृत समाजबादी गङजमुना गाउँ पालिकाका अध्यक्ष एलिजर तामाङले हिमाली संचार डटकमसङकाे कुराकानीमा बताए।

एक्लै निर्वाचनमा जादा आफ्नो पार्टीको मुल्यांकन हुने भएकोले नेकपा एकीकृत समाजबादीले एक्लै चुनाब लड्नु नै बुद्धिमानी हुने कुरा तामाङले बताए। अब निर्वाचनमा एक्लै जान तयारी रहेको कुरा नेकपा एकीकृत समाजबादीले केही वडाहरु जित्ने सम्भावना रहेको कुरा बताए।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...