News Portal

गठबन्धनको निर्णयः धरान उपमहानगरपालिकाको मेयर कांग्रेस, उपमेयर माओवादीलाई

हिमालीसंचार संवाददाता
२२५ पटक

धरान – सत्ता गठबन्धनले धरान उपहानगरपालिका लगायत देशभरको भागबण्डा मिलाएको छ। प्रदेश १ का धरान, इटहरीसहित ६ महानगरपालिका र ११ उपहानगरपालिकाको भागवण्डा मिलाएको हो ।

गठबन्धनले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको प्रमुख कांग्रेसलाई दिने सहमति गरेका छन् । नेकपा माओवादी केन्द्रले बाराको जीतपुर–सिमरा र दाङको घोराही उपमहानगरपालिकाको नेतृत्व पाएको छ । एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिकाको पाएका छन् ।

महानगरमा भने मंगलबार नै भागवण्डा मिलेको थियो । कांग्रेसले काठमाडौँ, ललितपुर र विराटनगर पाएका छन् भने माओवादीले भरतपुर, समाजवादीले पोखरा र जसपाले वीरगञ्ज महानगरपालिकाको नेतृत्व पाएको छ ।

एउटाको नेतृत्व भएको ठाउँमा अर्को दलको उपप्रमुख हुने गरी भागवण्डा मिलाइएको छ । सत्तारुढ गठबन्धनको बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाको मेयरको उम्मेदवारलाई लिएर भएको विवाद समाधान भएको छ ।

मुलुकभरका ६ महानगरपलिका र ११ उपमहानगरपालिकाको नेतृत्वमा गठबन्धनभित्र सहमति जुटेको नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको...

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...