
काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयर पदकालागि एमालेबाट इन्दिरा पन्त सिफारिस भएकी छन्। उनी रोयल बहुउद्देश्यीय सहकारी संस्थाकी उपाध्यक्ष हुन्। यसअघि उनीसँग राष्ट्रिय सहकारी विकास बोर्डमा समेत काम गरेको अनुभव छ।
त्यसबाहेक उनी मन्त्री वसन्त मानन्धरकी श्रीमती पनि हुन्। उनका श्रीमान नेकपा एकीकृत समावादीबाट बागमती प्रदेशका मन्त्री छन्। उनी खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
नेकपा एमाले विभाजन भएसँगै उनका पति मानन्धर माधव नेपालको पार्टी रोजेका थिए भने श्रीमती एमालेमै रहेकी थिइन्।श्रीमान एकीकृत समाजवादी पार्टीबाट मन्त्री र श्रीमती नेकपा एमालेबाट मेयरमा सिफारिस भएपछि दुवैको आलोचना भइरहेको छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
