News Portal

सरी देउवाज्यू माओबादी र समाजबादीलाई मतदान गर्न सकिदैन

हिमालीसंचार संवाददाता
१६३० पटक

कर्ण बहादुर अधिकारी – काठमाण्डौ नेपालको बर्तमान राजनिति माहौल र यी राजनिति दलहरूको गठबन्धको पेरीफेरीलाई अवलोकन गर्ने हो भने यी राजनिति दलका नाममा राजनिति गर्दै आएका दलालहरूको एउटै स्वार्थ रहेछ आफूले आफ्नो पद र प्रतिष्ठालाई कसरी जोगाउने र आफ्ना आफन्तहरूलाई कसरी उच्च तह र तप्कामा पुराउने भनेर लागि परेका छन्।

यहाँ त कसैलाई निति र सिद्धान्तको ख्याल नै रहेनछ।आसन्न स्थानीय चुनावको पूर्व सन्ध्यामा हामीले जुन माहौल देखेका छौ त्यो पक्कै पनि कांग्रेस र कांग्रेसीको लागि हितकर हुने छैन । एक आपसमा बर्ग शत्रु ठान्दै आएका माओबादी र कांग्रेसको इतिहासलाई केलाउने हो भने कुनै जवानामा एकले अर्कोलाई भौतिक कारबाही गर्न र गराउन लागि परेका थिए।

टाउँकाको मोल समेत तोकिएका दुष्मनहरूबाट कांग्रेसले भोटको अपेक्षा गर्नु जायज होला र ? कांग्रेस र कम्युनिष्टको अप्रकृतिक गठबन्धनले म त चकितै भएको छु अनि तपाई नी ?
बिगतलाई सम्झिनु पर्दा हिजो द्वन्द कालमा माओबादीबाट यातना पाई परीवार गुमाएका अनि शरीर अंगभंग भएका कांग्रेसीहरूले कुन मनले मतदान गर्ने यो प्रश्न चाँहि पार्टी सभापति देउवालाई ? देउवा ज्वतिषीको भबिष्यबाणीमा लिन भई कांग्रेस र कम्युनिष्टको गठबन्धन गर्न लागि परेका हुन त ? ज्वतिषीले ७ पटक प्रधानमन्त्री हुन्छ भनेर हुईया पिटेका छन् क्यारे।

अर्को कुरा यी माओबादीहरू त २०७४ सालमा एमालेसंग गठबन्धन नगरेको भए त पत्तासाफ नै हुने थियो आ त्यहि अस्तित्व बचाउनका लागि कांग्रेससंग गठबन्धन गर्न लागि परेका हुन । अर्को गठबन्धन धारी समाजबादीको पनि स्थिति त्यस्तै छ एमालेबाट टुक्रिएका समाजबादीको पनि दयनीय अबस्था छ। आफ्नो अस्तित्व जोगाउनकै लागि गठबन्धन गर्नका लागि लागि परेका हुन। यिनीहरू सबैलाई आआफ्नै अस्तित्व जोगाउनु छ।स्थानीय तहको निर्वाचनमा कांग्रेस एक्लै लडेर क्लियर परीणामको पक्षमा हुनु पर्थ्यो। तर आज अरूको अस्तित्व बचाउ गर्न लागि पर्नु दुर्भाग्य हो । पार्टी सभापतिकै कारण कांग्रेसले आफ्नो अस्तित्व मेटाउदै छ । पार्टीका फ्रन्ट लाईनका हस्तिहरूले नै कुरा नबुझे पछि हामी जस्तो कार्य कर्ताले कसरी बझ्ने र बुझाउने।
पार्टी सभापति देउवाको उर्दी जारी भए अनुसार कांग्रेसीले माओबादी र समाजबादीलाई मतदान नगरे साधरण सदस्य समेत नरहने गरी कार्बाही गर्ने रे के हामी देउवाको घरको नोकर हो ? उनले पार्टी छोड भने छोड्ने र बस भने बस्ने ? हामी त कांग्रेसमा बिपीको निष्ठा निति र आदर्शले बिगत देखि अनबरत रूपमा लागि परेको ब्यक्ति हौं ताकी आज शेर बहादुर , प्रकाशमान र रामचन्द्रको नाम भजेर कांग्रेस बनेको होईनौं बरू हामीले नै शेर बहादुरहरूलाई यो स्थान दिएका हौं।पदका भोगीलाई चाहिएको होला कृयाशील र प्रतिष्ठा तर निष्ठाले राजनिति गर्नेलाई केहि चाहिएको छैन । हामी हाम्रो श्रीमती भाई भतिज छोरा बुहारीलाई पद प्रतिष्ठा दिन कांग्रेसी बनेका होईनौ।
समाज र समग्र रूपमा देश बिकाशका निमित्त कांंग्रेसी बनेका हौ ।सक्छौ भने साधरण सदस्य सम्म नरहने गरी कार्बाही गर हैन भने बकबक किन ? के अपराध गर्यौ र हामीले कांग्रेस भएको नाताले कांग्रेस बाहेक अन्यत्र भोट हाल्दिन भन्न नपाउने ! मेरो नितिले कांग्रेस भन्दा अन्त भोट नहाल भन्दै छ तसर्थ सभापति सङ  यस पटक पनि कांग्रेसको चुनाव चिन्ह रूख बाहेक माओबादी, समाजबादी लगायतका लागि मतदान गर्न सकिदैन । यदि मतदान गर्नु पर्यो भने कि त बदर गरीनेछ कित घरमै सुतेर बसिन्छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...