News Portal

कैलालीमा नागरिक उन्मुक्ति पार्टी एक्लै लड्ने

हिमालीसंचार संवाददाता
२७२ पटक

कैलाली – कैलालीमा नागरिक उन्मुक्ति पार्टीले कुनै पनि दलसँग चुनावी तालमेल नगरी सबै स्थानीय तहमा एक्लै चुनाव लड्ने भएको छ । टीकापुर घटनामा अदालतबाट सजाय पाएर जेल जीवन बिताइरहेका कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य रेशमलाल चौधरीपत्नी रञ्जिता श्रेष्ठ चौधरीको नेतृत्वमा स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीमा कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने जनाएको हो ।

नागरिक उन्मुक्ति पार्टीले अहिलेसम्म धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, लम्की चुहा, भजनी नगरपालिका तथा कैलारी गाउँपालिका र जानकी गाउँपालिकामा उम्मेदवार टुङ्गो लगाइसकेको छ । कैलारी गाउँपालिकामा सो पार्टीबाट चन्द्र डंगौरा थारु (चाँद), धनगढी उपमहानगरपालिकामा मीनराज चौधरी, टीकापुरमा रामलाल डंगोरा थारु, भजनी नगरपालिकामा केवल चौधरी, लम्की चुहा नगरपालिकामा गणेश उपाध्याय र जानकी गाउँपालिकाको अध्यक्षमा पत्रकार गणेश चौधरीको नाम टुङ्गो लगाएको छ ।

अन्य स्थानीय तहमा बढी आकाङ्क्षी भएकाले उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । जोशीपुर गाउँपालिकामा दुई जना आकाङ्क्षी रहेकाले टुङ्गो नलागेको बताए । जोशीपुरमा चित्रबहादुर चौधरी र चक्रबहादुर चौधरी र बर्दगोरिया लोकेन्द्र खडका र भजनलाल कठरिया आकाङ्क्षी रहेका छन् । कैलाली अध्यक्ष अध्यक्ष कैलाश चौधरीले भने; पहिचानवादी मधेसी दल रहेका छन् । संगठनका हिसाबले कैलारी, भजनी, जोशीपुर, टीकापुर लगायतमा हामी बलियो रहेका छौँ ।’ उनले अन्य दलहरूसँग चुनावी तालमेल नगर्ने बताए ।

रेशम चौधरीको प्रभाव क्षेत्र मानिएको टीकापुर, जानकी लगायतमा अहिले चार दलले सोही अधिकार र पहिचानको नारा लिँदै उम्मेदवारहरू बनाउने तयारी गरेको छ । नागरिक उन्मुक्ति पार्टीबाट कैलारी गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार रहेका चन्द्रप्रसाद भन्छन् पहिचानवादी दलले टीकापुर घटनालाई लिएर राजनीति बढी गरिरहेको छ ।

उनले रेशम चौधरीको नाममा राजनीति बढी भएको भन्दै आक्रोश व्यक्त गरे । उनले आफ्नो दलले अन्य दलहरूसँग चुनावी तालमेल नगर्ने बताए । कैलारी गाउँपालिकामा पार्टी दर्ता भएपछि विशेषतः तत्कालीन मधेसी लोकतान्त्रिक जनअधिकार पार्टी, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतबाट सो पार्टीमा प्रवेश गरेका छन् ।

उनले अहिले चुनावी प्रचार–प्रसारसँगै संगठन विस्तारलाई पनि जोड दिइरहेको बताए । कैलारी गाउँपालिका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रभाव क्षेत्र मानिन्छ । २०७४ सालको निर्वाचनमा सो गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए भने नेपाली काँग्रेस दोस्रो दल रहेको थियो ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...