News Portal

भरतपुर महानगरपालिका माओवादीलाई छाड्न देउवाको निर्देशन

हिमालीसंचार संवाददाता
२४४ पटक

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले चितवन काँग्रेसका सभापति राजेश्वर खनाललाई बालुवाटारमा बोलाएर भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रलाई छाड्नुपर्ने अवस्था आएको बताएका छन् । नेपाली काँग्रेसका सभापति समेत रहेका देउवाले खनाललाई आकस्मिक रुपमा बोलाएर गठबन्धनका लागि यस्तो अवस्था आएको बताएका हुन् ।

परिस्थितिलाई बुझ्न र गठबन्धनलाई मजबुत बनाएर जान उनले आग्रह गरेको बुझिएको छ । खनालले सभापति देउवाले भरतपुर माओवादीलाई छाड्नुपर्ने भनेको खुलाए ।

नेपाली काँग्रेसभित्र भरतपुर महानगरपालिका नछाड्ने विषय उठिरहँदा देउवालाई खनाललाई डाकेर त्यस्तो भनेका हुन् । देउवाले काठमाडौं, ललितपुर र विराटनगर आफूहरुले लिने भन्दै भरतपुर माओवादीलाई छाड्नुपर्ने अवस्थाबारे प्रष्ट पारेका थिए । देउवाले जिल्लाको माहोल सम्हाल्न समेत भनेको बताए । तर, जिल्ला सभापति खनालले माहोल फरक रहेको भन्दै कठिन चुनौती आउने जवाफ दिएका थिए ।

भरतपुर महानगरमा गत ०७४ सालको स्थानीय चुनावमा कांग्रेसले माओवादीलाई सघाएको थियो । कांग्रेसको साथ र समर्थनमा रेनु दाहाल भरतपुरको मेयर निर्वाचित भएकी थिइन् ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...