News Portal

भरतपुर महानगरपालिका माओवादीलाई छाड्न देउवाको निर्देशन

हिमालीसंचार संवाददाता
१९८ पटक

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले चितवन काँग्रेसका सभापति राजेश्वर खनाललाई बालुवाटारमा बोलाएर भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रलाई छाड्नुपर्ने अवस्था आएको बताएका छन् । नेपाली काँग्रेसका सभापति समेत रहेका देउवाले खनाललाई आकस्मिक रुपमा बोलाएर गठबन्धनका लागि यस्तो अवस्था आएको बताएका हुन् ।

परिस्थितिलाई बुझ्न र गठबन्धनलाई मजबुत बनाएर जान उनले आग्रह गरेको बुझिएको छ । खनालले सभापति देउवाले भरतपुर माओवादीलाई छाड्नुपर्ने भनेको खुलाए ।

नेपाली काँग्रेसभित्र भरतपुर महानगरपालिका नछाड्ने विषय उठिरहँदा देउवालाई खनाललाई डाकेर त्यस्तो भनेका हुन् । देउवाले काठमाडौं, ललितपुर र विराटनगर आफूहरुले लिने भन्दै भरतपुर माओवादीलाई छाड्नुपर्ने अवस्थाबारे प्रष्ट पारेका थिए । देउवाले जिल्लाको माहोल सम्हाल्न समेत भनेको बताए । तर, जिल्ला सभापति खनालले माहोल फरक रहेको भन्दै कठिन चुनौती आउने जवाफ दिएका थिए ।

भरतपुर महानगरमा गत ०७४ सालको स्थानीय चुनावमा कांग्रेसले माओवादीलाई सघाएको थियो । कांग्रेसको साथ र समर्थनमा रेनु दाहाल भरतपुरको मेयर निर्वाचित भएकी थिइन् ।

प्रतिकृया दिनुहोस्

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको...

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...