News Portal

गठबन्धनको शक्ति देखेर केपी ओली थर्थरी कापेका छन्: रामचन्द्र पौडेल

हिमालीसंचार संवाददाता
२५५ पटक

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाँच दलीय गठबन्धन परिवर्तन जोगाउन र लोकतन्त्र रक्षाका लागि भएको बताएका छन्। गठबन्धनको शक्ति देखेर एमाले अध्यक्ष केपी शर्मा ओली डराएको पौडेलको भनाइ छ।

स्थानीय चुनावलगायत सबै चुनाव सफल बनाउन गठबन्धन एकसाथ अगाडि जानुपर्ने उनले बताए।

‘शेरबहादुरलाई प्रधानमन्त्री बनाउन मात्र यो गठबन्धन बनेको होइन,’ नेविसंघको स्थापना दिवसका आज काठमाडौंमा आयोजित कार्यक्रममा पौडेलले भने, ‘गठबन्धनको शक्ति देखेर केपी ओली थर्थरी कापेका छन्।’

ओलीले हतास अभिव्यक्ति दिन थालेको आरोप पनि उनले लगाए। साथै एमालेले प्रतिगामी शक्तिहरूसँग गठबन्धन गरेको उनले बताए। 

पौडेलले लोकतन्त्रको लडाइँका लागि नेपालले अहिले पनि बलिदानी खोजेको बताए। विकास र प्रगति रोक्नेहरूका विरूद्ध सतर्क हुनुपर्ने उनको भनाइ थियो।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...