News Portal

झापामा धमाधम उम्मेदवार छान्दै काङ्ग्रेस

हिमालीसंचार संवाददाता
२२६ पटक

झापा – स्थानीय तहहरुमा नेपाली काङ्ग्रेसले धमाधम स्थानीय चुनावका उम्मेदवार सर्वसम्मत चयन गर्न शुरु गरेको छ। अघिल्लो निर्वाचनमा नै एमालेले लालकिल्ला दाबी गरिरहेको झापाको क्षेत्र नम्बर ५ का पालिकाहरुमा आधा लाल किल्ला तोडेको काङ्ग्रेसले यसपटकको निर्वाचनमा एमालेलाई क्लिन स्वीप गर्ने रणनीति अनुसार ससक्त र जितको बलियो सम्भावना बोकेका उम्मेदवारहरुलाई सर्वसम्मत रूपमा प्रस्तुत गरिरहेको हो।

झापामा नै पहिलो पटक काङ्ग्रेसले पालिका प्रमुख पदमा युवा नेता हुकुम सिंह राईको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको जनाइएको छ। नगरउन्मुख कमल गाउँपालिकाको अध्यक्ष पदमा राईलाई काङ्ग्रेसको गाउँ समितिको सोमबार बसेको पुर्ण बैठकले सर्वसम्मत रूपमा उम्मेदवार बनाउने निर्णय गरेको हो।

राईले अघिल्लो निर्वाचनमा त्यहाँ सोही पदमा एमाले नेतृ मेनुका काफ्लेलाई बराबर मतको टक्कर दिएर चर्चामा आएका थिए। उनी काङ्ग्रेसको हालै सम्पन्न महाधिवेशनमा पनि सर्वाधिक कार्यकर्ताले रुचाएको नेताको रूपमा केन्द्रिय महाधिवेशन प्रतिनिधि हुँदै एक नम्बर प्रदेश समिति सदस्यमा निर्वाचित भएका थिए। राजनीतिक तथा सामाजिक गतिविधिमा समेत निरन्तर सक्रिय रहदै आएका राइको उम्मेदवारी सिफारिसपनि सर्वसम्मत रूपमा भएपछि झापाली राजनीतिमा विशेष महत्वसाथ सो बिसयमा चर्चा हुन थालेको छ।

कमल गाउँपालिकासगै क्षेत्र नम्बर ५ कै मुख्य नगरका रूपमा रहेको दमकको वडा नम्बर १ र १० बाट पनि वडाध्यक्ष्य पदमा एक एक जनाको नाम सर्वसम्मत सिफारिस भएको छ। काङ्ग्रेस स्रोतका अनुसार वडा नम्बर एकमा युवा ब्यक्तित्व तथा पार्टीका वडा सभापति समेत रहेका गजेन्द्र देवान र १० मा काङ्ग्रेसका बौद्धिक तथा अनुभवी नेताको पहिचान बनाउन सफल देबी दाहालको नाम सर्वसम्मत सिफारिस भएको छ। दाहाल दमक बहुमुखी क्याम्पसका अध्यक्ष तथा स्थानीय सक्रिय ब्यक्तित्वका रूपमा परिचित छ्न। उनी काङ्ग्रेस झापाका पुर्व कोशाध्यक्ष्य समेत हुन।

प्रतिकृया दिनुहोस्

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको...

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...