News Portal

खोटाङ जिल्लामा गठबन्धनले स्थानीय तह निर्वाचनका लागि सहमति जुटायो

हिमालीसंचार संवाददाता
२५४ पटक

खोटाङ – खोटाङ जिल्लामा स्थानीय तह निर्वाचनका लागि गठबन्धनले सहमती जुटाएको छ । जिल्लाका दुई नगरपालिका, ८ गाउपालिका मध्ये ६ वटामा बैशाख ४ गते मध्यराती सहमति जुटाएको हो । 

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तीन/तीन वटा पालिकाको प्रमुख बाडेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, बराहापोखरी गाउपालिका र रावाबेसी गाउपालिकाको प्रमुख तथा अध्यक्ष कांग्रेसलाई दिने सहमति भएको नेपाली कांग्रेस जिल्ला सभापति विष्णुकुमार राईले हिमालीसंचारडटकमसंग बताए । 

नेकपा माओवादी केन्द्रका लागि जन्तेढुङ्गा गाउपालिका, खोटेहाङ गाउपालिका र ऐसेलुखर्क गाउपालिकामा अध्यक्ष दिने सहमति जुटाएको छ । नेपाली कांग्रेसका लागि दिक्तेल रुपाकोट मझवागढी नगरपालिका र रावाबेसी गाउपालिकाको उपाध्यक्षमा माओवादी केन्द्र र बरापोखरी गाउपालिकाको उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीको उपाध्यक्षमा सहमति गरेका छन्। 

यता, दिप्रुङ चुइचुम्मा गाउपालिका, साकेला गाउपालिका, केपिलासगढी गाउपालिका र हलेसी तुवाचुङ नगरपालिकामा भने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीबीच सहमति भएको छ । केपिलासगढी गाउपालिकामा एकीकृत समाजवादीलाई अध्यक्ष, जनता समाजवादीलाई उपाध्यक्ष, साकेला गाउपालिकामा माओवादी केन्द्र अध्यक्ष, जनता समाजादीको उपाध्यक्ष र हलेसी तुवाचुङ नगरपालिकामा सहमति नजिक पुगेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश १ खानेपानी, सिचाइ तथा उर्जा मन्त्री रामकुमार राईले बताए । 

जिल्ला समन्वय प्रमुखमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी उपप्रमुखमा जनता समाजवादी पार्टीलाई दिने सहमति भएको समेत मन्त्री राईले हिमालीसंचारडटकमलाई जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस्

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको...

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...