News Portal

एमाले ललितपुरमा उम्मेदवार छान्न अन्तर्वार्ता लिन थाल्यो

हिमालीसंचार संवाददाता
२१२ पटक

काठमाडौं – नेकपा एमाले ललितपुरले आसन्न ३० बैशाख स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छान्न अन्तर्वार्ता लिन सुरु गरेको छ । एमाले ललितपुर क्षेत्र नम्बर १ ले आइतबार मात्र कोञ्ज्योसोम गाउँपालिकाका आकांक्षीसँग अन्तर्वार्ता लिएको छ ।

अध्यक्षका आकांक्षी कृष्णमान लामा, कृष्ण सापकोटा र कविन्द्र लामा तथा उपाध्यक्षका आकांक्षी रनिता तामाङ र सुनिता तामाङसँग अन्तर्वार्ता लिइएको हो । क्षेत्र नम्बर १ मा मधुसुधन पौडेलको संयोजकत्वमा कार्यदल छ । सदस्यमा तारा सञ्जेल, नवराज सिलवाल र चेतनाथ सञ्जेल छन् ।

एमाले अध्यक्ष पुरुषोत्तम आचार्यका अनुसार क्षेत्रीय कमिटीले जिल्लालाई उम्मेदवार सिफारिस गर्नेछ ।  उनले भने, ‘संस्थागत र विधिवत ढंगबाट उम्मेदवार सिफारिस गर्न कार्यदल बनाएका हौं । उपयुक्त व्यक्तिलाई छिट्टै सिफारिस गर्छौं ।’ महाकाल कमिटीका अध्यक्ष पुरुषोत्तम हुमागाईंले पनि आफूहरुलाई अन्तर्वार्ताका लागि पार्टीले बोलाएको बताए । 

प्रतिकृया दिनुहोस्

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको...

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...