News Portal

  • नेपाली कांग्रसलाई काठमाडौंसहित तीन महानगर लिन गठबन्धनमा प्रस्ताव

    हिमालीसंचार संवाददाता
    १८८ पटक

    काठमाडौं – नेपाली कांग्रेसलाई काठमाडौंसहित तीन महानगर लिन सत्तागठबन्धनका अन्य दलहरूले आग्रह गरेका छन्। छ महानगरमध्ये काठमाडौं, ललितपुर र विराटनगर महानगर लिएर अन्य तीन महानगर अरू पार्टीलाई छाड्न गठबन्धनभित्र प्रस्ताव गरिएको छ।

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा आज बालुवाटारमा बसेको चुनावी तयारी तथा अनुगमन समितिको बैठकमा कुन महानगर कसले लिने भन्नेबारे छलफल भएको थियो।

    बैठकमा पोखरा महानगर नेकपा एकीकृत समाजवादीले आफूहरूले पाउनुपर्ने माग गरेको छ। यस्तै नेकपा माओवादी केन्द्रले भरतपुर महानगरमा आफूहरूलाई सघाउनुपर्ने माग गरेको छ।

    यस्तै वीरगञ्ज महानगर जसपाले दाबी गरेको छ। तर, ‘कांग्रेसले सबै महानगरमा मेयर दाबी गरिरहेको छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘कांग्रेसलाई तीन महानगर लिएर अन्य तीन महानगर अरू दललाई छोड्न भनिएको हो।’

    बैठकमा ११ उपमहानगरपालिका कहाँ कसले लिने भन्नेबारे पनि छलफल भएको थियो। तर आज कुनै निर्णयमा सत्तागठबन्धन पुगेको छैन। फेरि छलफल गर्ने गरी आज बैठक सकिएको छ।

    सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कुन महानगर र उपमहानगर कसले लिने भन्नेबारे एक-दुई दिनमा सहमतिमा पुगिने पत्रकारहरूलाई बताए।

    सत्तागठबन्धनका शीर्ष नेताहरू सहभागी आज बिहानको बैठकले सोमबारसम्म महानगर र उपमहानगरमा भागबन्डा गरिसक्ने सहमति गरेका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    अमेरिकाबाट थप १९ नेपाली डिपोर्ट, तल्लो बाटो हुँदै अमेरिका छिर्न खोजेकाहरु

    काठमाडौं, असार ३२ – अमेरिकाबाट थप १९ जना नेपालीहरू डिपोर्ट भएर स्वदेश फर्किएका छन् ।...

    सहकारी कर्मचारीलाई घरमै अपमान गर्ने दुई महिलाविरुद्ध पक्राउ पुर्जी

    मोरङ, असार ३२ – ऋण तिर्नु पर्ने व्यक्तिहरूले सहकारीका कर्मचारीलाई नै घरमा बोलाई जुत्ताको माला...

    सर्लाहीमा सडक खन्ने क्रममा बनाएको खाल्डोले बालकको मृत्यु

    सर्लाही, असार ३२ — सडक विस्तारका लागि खनिएको खाल्डोमा जमेको पानीले एक निर्दोष बालकको ज्यान...

    आज २०८२ साल असार ३२ गतेको राशिफल

    आज असार ३२, २०८२ (जुलाई १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनआरएनए एनसीसी कुवेतमा एकता असम्भव: श्रमिकमाथि अन्याय, तस्करको चलखेल !

    https://himalisanchar.com/archives/73266

    (धीरेन्द्रराज सुवेदी, निवर्तमान अध्यक्ष एनसीसी कुवेत।) कुवेत, असार ३१ — गैरआवासीय नेपाली संघ (एनआरएनए) एउटा...