News Portal

विर्तामोडमा चुनावी तालमेलका लागि कार्यदल गठन

हिमालीसंचार संवाददाता
२३० पटक

झापा – सत्तारुढ पाँच दलीय गठबन्धनको उम्मेद्वारी तालमेललाई निष्कर्षमा पु¥याउन झापामा चार सदस्यीय कार्यदल गठन गरिएको छ ।

नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईको संयोजकत्वमा गठित कार्यदलमा माओवादी केन्द्रका मोहन टुडु, नेकपा एकीकृत समाजवादीका नीलमणि वराल र जनता समाजवादी पार्टीका गौरीमान राई सदस्य रहेका छन् । 

गठबन्धन दलका जिल्ला स्थित शीर्ष नेताहरुको आज बिर्तामोडमा सम्पन्न बैठकले १० वटा पालिकाहरुका मुख्य पदहरुमा सहमति गरेको छ भने कार्यदलले वाँकी पालिका र वडा तहको सहमति आज रातभरिमा सम्पन्न गरी भोलि विहान वस्ने गठवन्धन दलको वैठकमा प्रस्तुत गर्ने भएको छ ।

प्रतिगमन विरुद्ध संघर्षरत पाँच दलीय गठवन्धनका संयोजक तथा नेपाली कांग्रस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा बसेको वैठकमा नेपाली कांग्रेसका तर्फबाट सुधीरकुमार शिवाकोटी र कृष्ण हुमागाई सहभागी थिए ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका तर्फबाट मोहन टुडु, सीपी कडरिया, राजु आचार्य सहभागी थिए । नेकपा एकीकृत समाजवादीका तर्फबाट वेदराज रेग्मी, भाष्कर काफ्ले र इन्द्र वुढाथोकी सहभागी रहेका थिए भने जनता समाजवादी पार्टीका तर्फबाट नित्यानन्दसिंह राजवंशी र दिपेनवाला राई सहभागी थिए ।

प्रतिकृया दिनुहोस्

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...

रंगेली नाकाबाट ठूलो मात्रामा टायल्सको तस्करी

मोरङ, पुस ११ – मोरङको रंगेली आसपासका सीमा क्षेत्रबाट अवैध रूपमा ठूलो मात्रामा टायल्स तस्करी भइरहेको...

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...