News Portal

विर्तामोडमा चुनावी तालमेलका लागि कार्यदल गठन

हिमालीसंचार संवाददाता
२७४ पटक

झापा – सत्तारुढ पाँच दलीय गठबन्धनको उम्मेद्वारी तालमेललाई निष्कर्षमा पु¥याउन झापामा चार सदस्यीय कार्यदल गठन गरिएको छ ।

नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईको संयोजकत्वमा गठित कार्यदलमा माओवादी केन्द्रका मोहन टुडु, नेकपा एकीकृत समाजवादीका नीलमणि वराल र जनता समाजवादी पार्टीका गौरीमान राई सदस्य रहेका छन् । 

गठबन्धन दलका जिल्ला स्थित शीर्ष नेताहरुको आज बिर्तामोडमा सम्पन्न बैठकले १० वटा पालिकाहरुका मुख्य पदहरुमा सहमति गरेको छ भने कार्यदलले वाँकी पालिका र वडा तहको सहमति आज रातभरिमा सम्पन्न गरी भोलि विहान वस्ने गठवन्धन दलको वैठकमा प्रस्तुत गर्ने भएको छ ।

प्रतिगमन विरुद्ध संघर्षरत पाँच दलीय गठवन्धनका संयोजक तथा नेपाली कांग्रस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा बसेको वैठकमा नेपाली कांग्रेसका तर्फबाट सुधीरकुमार शिवाकोटी र कृष्ण हुमागाई सहभागी थिए ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका तर्फबाट मोहन टुडु, सीपी कडरिया, राजु आचार्य सहभागी थिए । नेकपा एकीकृत समाजवादीका तर्फबाट वेदराज रेग्मी, भाष्कर काफ्ले र इन्द्र वुढाथोकी सहभागी रहेका थिए भने जनता समाजवादी पार्टीका तर्फबाट नित्यानन्दसिंह राजवंशी र दिपेनवाला राई सहभागी थिए ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...