News Portal

काठमाडौंमा कति छ माओवादी केन्द्रको जनमत ?

हिमालीसंचार संवाददाता
२५६ पटक

काठमाडौं – काठमाडौं जिल्लामा नेकपा माओवादी केन्द्र नेपाली काँग्रेस र नेकपा एमालेभन्दा निकै मत अन्तरले तेस्रो स्थानमा रहेको छ । २०६४ सालको संविधानासभा निर्वाचनमा १० निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्र जितेको माओवादी दोस्रो संविधानसभा निर्वाचन २०७० र २०७४ सालको निर्वाचनमा शून्य भयो । २०७४ मै सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं जिल्लाका ११ स्थानीय तहमध्ये माओवादीले एक सीट समेत जित्न सकेन। तर, स्थानीय तहका वडा कमिटीमा भने सानो संख्यामा जितेको थियो ।

आसन्न निर्वाचनमा काठमाडौं महानगरपालिकासहित ११ स्थानीय तहमध्ये शंकरापुर नगरपालिकामा एकल रुपमा जित्नेगरी लागिपरेको पार्टी केन्द्रीय सदस्य एवम् निवर्तमान जिल्ला अध्यक्ष हिमाल शर्माले बताए । ‘हामीले शंकरापुर नगरपालिकामा एकल रुपमा चुनाव जित्नेगरी संगठन राम्रो बनाएका छौं। ‘दक्षिणकाली, कीर्तिपुर, टोखा र तारकेश्वर नगरपालिकामा पनि चुनाव जित्नेगरी संगठन विस्तार भएको छ । अरु स्थानीय तहमा एकल रुपमा चुनाव जित्न सक्ने अवस्था छैन ।’ यदि गठबन्धन भएमा भने तालमेल भएका स्थानीय तह जितेर देखाइदिने शर्माको दाबी छ ।

तर, राजनीतिक विश्लेषक राजेन्द्र महर्जन काठमाडौका लागि माओवादीले कामै गर्न नसक्दा जनताबाट समर्थन पाउन नसकेको टिप्पणी गर्छन् । ‘माओवादीले जनताका लागि काठमाडौंमा जति काम गर्नुपर्ने हो, त्यति गर्नै सकेको छैन । त्यसैले माओवादी काठमाडौंमा कमजोर छ । अझै पनि माओवादीले स्वतन्त्र उम्मेदवारभन्दा कम मत ल्याउने खतरा छ,’ महर्जनले भने, ‘जनयुद्धमा उठाएका मुद्दाबाट फाईदा लिन सकिन्छ, त्यसैबाट ब्याज पाईन्छ भन्ने मुडका पछि लागेका छन् । अरु स्थानीय मुद्दामा प्रवेश गरेकै छैनन् ।’

काठमाडौंका स्थानीय मुद्दाहरु उठाएर, जति संघर्ष गरेर स्थापित गर्नुपर्ने हो, त्यसमा काम गर्न नसक्दा आमजनताले अपनत्व महशुस नगरेको महर्जनको विश्लेषण छ । ‘सबैभन्दा नराम्रो माओवादी नेतृत्वको सरकारले नेवारी परम्परामाथि हमला ग¥यो । काठमाडौंको जात्रामा राज्यले अनुदान दिने चलन थियो । त्यसलाई कटौती ग¥यो । अधिकांश मान्छे माओवादी हाम्रो संस्कृतिविरुद्ध छन् भन्ने स्थापित भयो,’ उनले भने ।

त्यतिबेला माओवादी र सरकारविरुद्ध नारावाजी भएर संघर्षबाट सम्झौता भएर निर्णय फिर्ता भएको स्मरण गराउँदै महर्जनले भने, ‘स्थानीय मुद्दालाई पहिल्याउन नसक्दा माओवादी पछाडि प¥यो । स्थानीय मूल्यमान्यतालाई कसरी चलाउने हो भन्ने बुझ्न सकेनन् ।’

काठमाडौंले माओवादीलाई अपनत्व नलिँदा लोडसेडिङ अन्त्य भएको क्रेडिट समेत नदिएको महर्जनले बताए । उल्टै राज्यको नियमित प्रक्रियाबाट लोडसेडिङ अन्त्य भएको भन्दै प्रतिवाद गरेको उनले बताए ।

काठमाडौं महानगरपालिकाको मेयरमा एमालेबाट विद्यासुन्दर शाक्यले जितेका थिए । एमालेबाट विभाजित भएको एकीकृत समाजवादीले आसन्न निर्वाचनमा त्यहाँ आफ्नो दाबी हुने बताएको छ । पाँच दलीय गठबन्धनमा सहभागी एकीकृत समाजवादीले काठमाडौं नभए पोखरा महानगरपालिका पाउनुपर्ने माग छ । यस्तै माओवादी केन्द्रले भरतपुर महानगरसहित काठमाडौं वा ललितपुरमध्ये एक महानगर पाउनुपर्ने माग गरेको छ ।

यसअघिको निर्वाचनमा काठमाडौं महानगरको मतदाता महिला २ लाख ८७ हजार १२३ र पुरुष २ लाख ७२ हजार २७३ गरेर कुल ५ लाख ५९ हजार ३९६ थिए । सो निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम डंगोलले ७ हजार ९०६ र उपमेयरकी उम्मेदवार सुशीला कुमारी पौडेलले १० हजार ४४८ मतमात्रै ल्याएकी थिइन् । माओवादीले ल्याएको त्यो मत स्वतन्त्र उम्मेदवार किशोर थापा र रन्जु न्यौपानेको भन्दा निकै कम हो । अहिले फेरि नयाँ मतदाता थपिएका छन्, जो तुलनात्मक रुपमा माओवादीभन्दा काँग्रेस र एमालेका मतदाता बढी छन् ।

काठमाडौंमा एमालेका विद्यासुन्दर शाक्य ६४ हजार ९१३ मत ल्याएर मेयरमा विजयी भएका थिए । शाक्यका निकटतम प्रतिस्पर्धी काँग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत ल्याएर पराजित भएका थिए । मेयरमा विवेकशील नेपाली दलकी रन्जु न्यौपानेले २३ हजार ४३९ मत र साझाका किशोर थापाले १८ हजार ४९६ मत ल्याएका थिए । नयाँ शक्ति पार्टीका पवित्र बज्राचार्यले ६ हजार ५० मत ल्याएका थिए ।

यो तथ्याङ्कका आधारमा काठमाडौं महानगरपालिकामा गठबन्धन गरेर माओवादी केन्द्रले प्रमुख पदमा उम्मेदवारी दिएको अवस्थामा पनि काँग्रेस र माओवादी केन्द्रको मत जोड्ने हो भने एमाले नै हावी हुने देखिन्छ । यद्यपि, एमाले विभाजन भइसकेका कारण अघिल्लो निर्वाचनको तुलनामा अहिले केही मत कम हुने आकलन गरिएको छ । अघिल्लो निर्वाचनमा काठमाडौं महानगरमा एमालेले राप्रपाको समेत साथ पाएको थियो । अहिले राप्रपाले कसलाई सघाउँछ भन्ने प्रस्ट भइसकेको छैन ।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...