News Portal

चुनावमा भाग लिन मुद्दा फिर्ताको माग लिएर गृहमन्त्रीलाई भेट्न पुगे प्रकाण्ड

हिमालीसंचार संवाददाता
४११ पटक

काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच स्थानीय तह निर्वाचनमा सहभागिताबारे कुरा भएको छ।

भेटमा नेता प्रकाण्डले आफूहरू निर्वाचनमा सहभागी हुन सकारात्मक रहेको बताएका थिए। निर्वाचनमा सहभागिताका लागि विभिन्न आरोपमा जेलमा रहेका पार्टीका नेता कार्यकर्ता रिहा र मुद्दा फिर्ता लिनु पर्ने माग  नेकपाले राखिरहेको छ।

यही विषयमा पटक–पटक भएका वार्ता सकारात्मक रहेकाले सहमतिको अन्तिम चरणमा पुगेको दुवै पक्षले बताएका छन्।

सरकारले कानुन बमोजिम फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने प्रक्रिया आरम्भ गरेपछि वार्ता सरकारात्मक बनेर सहमतिको नजिक पुगेको हो। वार्तामा गृहमन्त्री खाणले कानुन अनुरुप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने प्रक्रिया सुरु भएको बताएका छन्।

प्रतिकृया दिनुहोस्

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...