News Portal

एमाले र राप्रपा नेपालबीच गठबन्धन, ५ बुँदे सहमति

हिमालीसंचार संवाददाता
३०३ पटक

काठमाडौं – नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धन गर्ने भएका छन्। नेकपा एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन् ।

बुधबार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा दुई पार्टीबीच सहमतिपत्र आदानप्रदान भएको छ ।

सहमति अनुसार देशभर सम्भव गएको ठाउँमा एमाले र राप्रपा नेपालबीच तालमेल हुनेछ र राप्रपा नेपालका उम्मेदवारले पनि सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।

राप्रपा नेपालले आफ्नो उम्मेदवार नभएको ठाउँमा नेकपा एमालेका उम्मेदवारलाई सघाउनेछ भने एमालेले पनि राप्रपा नेपालका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।

प्रतिकृया दिनुहोस्

सेयर बजारमा गिरावट, सरकारको भूमिकामाथि प्रश्न

काठमाडौं, चैत २३ – सेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसले सिर्जाएको त्रासप्रति राष्ट्रिय सभामा...

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...

हर्क साम्पाङद्वारा गृहमन्त्री सुदन गुरुङलाई सार्वजनिक सन्देश, दुई मुद्दामा स्पष्टता माग

  काठमाडौं – सामाजिक सञ्जालमार्फत  लक्षित गर्दै सार्वजनिक सन्देश दिएका छन्। उनले गृहमन्त्री गुरुङलाई बधाई...

आज २०८२ साल चैत २३ गतेको राशिफल

आज चैत २३, २०८२ ( अप्रिल ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गृहमन्त्रीलाई पुनको सन्देश : दबाबमा नपरी कानुन अनुसार अघि बढ्नुस्

काठमाडौँ, चैत २२ – स्वतन्त्र सांसद महावीर पुन ले गृहमन्त्री सुधन गुरुङ लाई कुनै पनि...