News Portal

मेचीनगरको मेयरमा प्रदेश सांसद उठ्ने भएपछि रुँदै एमाले छाडे घिमिरेले

हिमालीसंचार संवाददाता
३०७ पटक

झापा – आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि झापा जिल्लाको मेचीनगर नगरपालिकाको मेयर पदको टिकट नपाएपछि एमाले नेता डिल्लीराम धिमिरेले रुँदै पार्टी छाडेका छन्।

एमाले झापा जिल्ला कमिटी सदस्यसमेत रहेका नेता डिल्ली घिमिरेले मेचीनगर नगरपालिकाको मेयरको टिकट दाबी गरेका थिए। तर उनलाई एमालेको मेचीनगर कमिटीले मेयरका रुपमा सिफारिस नै गरेन। मेचीनगर कमिटीले मेयरका लागि उनको नाम जिल्ला कमिटीलाई सिफारिस नगरेपछि एमालेबाट उनले बिदा लिएका हुन्। 

उनले लेखेका छन् ‘आदरणीय मेरा सहयोगी मित्रहरू पटकपटक ममाथि भएको अन्याय सहन सकिनँ। एउटैलाई थपीथपी जिम्मेवारी र अरुलाई अवसरबाट बन्चित गर्ने चरम गुटबन्दीका नाइकेहरूसँग बसिरहन मिलेन, ‘पटकपटक अन्याय सहनुभन्दा स्वतन्त्र जीवन जिउनु उचित ठानेर आजकै मितिदेखि एमालेको सम्पूर्ण जिम्मेवारीबाट बिदा लिएँ। मलाई माया गर्नुहुने सबै मित्रहरूसँग क्षमा चाहान्छु।’

उनले मंगलबार बिहान पत्रकार सम्मेलन गरेर आफूमाथि अन्याय भएको गुनासो गरेका थिए। त्यसक्रममा उनले आफूलाई केही नेताहरूले निरन्तर पेल्दै अवसर नदिएको बताए। उनले पत्रकार सम्मेलनमै रुँदै पार्टी छाड्ने अवस्थामा पुर्‍याएको भनेर चित्त दुखाए। पत्रकार सम्मेलनमार्फत एमाले छाडेको घोषणा गरेका घिमिरेले तत्काल अरु पार्टीमा नजाने बताएका छन्। 

तर एमालेमा नरहे पनि आफूले समाजका लागि योगदान दिइरहने पनि घिमिरेले बताएका छन्। एमालेले केही दिनअघि मेचीनगरका लागि स्थानीय तहको निर्वाचनमा उठ्ने उम्मेदवारको टुंगो मतदानबाट लगाएको थियो। मेचीनगरमा भएको आन्तरिक निर्वाचनमा प्रदेश १ का सांसदसमेत रहेका गोपाल बुढाथोकीले पहिलो मत पाएका थिए। 

मेचीनगरको मेयर पदका लागि भएको आन्तरिक निर्वाचनमा मतभारका आधारमा सबैलाई उछिनेर सांसद बुढाथोकी पहिलो भएका थिए। मेयर पदमा प्रदेश १ का सांसद एवम् एमाले प्रदेश कमिटी सदस्य बुढाथोकी, एमालेकी केन्द्रीय सदस्य एवम् मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेती, एमाले क्षेत्र नम्बर १ का संयोजक एवम् तत्कालीन काँकडभिट्टा गाविसका पूर्व अध्यक्ष डिल्लीराम घिमिरे, मेचीनगर इन्चार्ज देवकुमार राई, क्षेत्र नम्बर १ ‘क’ का पूर्व अध्यक्ष बन्धनकुमार मुण्डा, अनेमसंघकी केन्द्रीय सदस्य लता प्रसाई र एमाले प्रदेश कमिटी सदस्य एवम् तत्कालीन बाहुनडाँगी गाविसका पूर्व अध्यक्ष नीलकण्ठ तिवारी आकांक्षी थिए। 

मेचीनगरको उपमेयर पदमा एमाले जिल्ला सदस्य रमा भण्डारी ढकाल, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एवम् एमाले जिल्ला सदस्य मोहन काजी, एमाले जिल्ला सदस्यहरु सविता दाहाल पोखरेल, कल्पना ओली सिटौला, पुष्पा भण्डारी, कृष्ण कनाल र मेचीनगर सचिवालय सदस्य एवम् मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना आकांक्षी थिए ।पार्टीको विधान अनुसार उपमेयरमा २ महिला र १ जना पुरुषसहित ३ जनाको नाम सिफारिस गर्नुपर्छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...