News Portal

गठबन्धनलाई ओलीको व्यंग्य: पाँच बाख्रा एक ठाउँमा भए पनि भैंसी जत्रो हुँदैन

हिमालीसंचार संवाददाता
२१७ पटक

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई ‘खैजडी सरकार’को उपमा दिँदै वैशाख ३० गते हुने स्थानीय तहको चुनाव रोक्ने कोसिश गरिरहेको आरोप लगाएका छन्।

सोमबार बझाङको चैनपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले अध्यादेश र नक्कली कानुन ल्याएर सरकारले चुनाव सार्न र  जनप्रतिनिधिविहीन अवस्थामा देशलाई पुर्याउन खोजेको भन्दै आरोप लगाएका हुन्।

‘यो सरकारले अजम्बरी बुटी पाएको नसम्झे हुन्छ। एमालेले चाहे सात दिनमै यसको जरा उखेर फाल्न सक्छ। तर अहिले चुनाव विथोल्ने निहुँ नपाऊन् भनेर चुप लागेका छौं ओलीले भने। 

अघिल्लो स्थानीय चुनावमा पनि बझाङमा कांग्रेस–माओवादी मिले पनि एमाले एक्लैले आठ पालिकामा जितेको थियो भने एकमा उपप्रमुख जितेको थियो। अहिले पनि पाँच बाख्रा एक ठाउँमा भए पनि भैंसी जत्रो नहुने भन्दै ओलीले गठबन्धनलाई व्यंग्य गरे। 

उनले एमालेबाहेक मधेशमा अरू पार्टी देखिने छोडेको दाबी गरे।

नगरपालिकाका मेयर/उपमेयर, वडा अध्यक्षहरू समेत एमालेमा आउन थालेका उनले बताए। ‘अब पहाड मात्र होइन मधेश पनि एमालेको हो, पूर्व पनि, पश्चिम पनि जता गयो एमालेको हो,’ उनले भने।

आगामी निर्वाचनपछि माओवादी केन्द्र ‘केन्द्र’ मात्रै बाँकी रहने ओलीको भनाइ छ। अहिलेको सरकारले ज्येष्ठ नागरिक भत्ता दिन नसक्ने अवस्थामा अर्थतन्त्त पुर्याएको उनले दोहोर्‍याए। ‘हामी कर्मचारीको तलब कोभिडका बेला पनि बढाएका थियौं तर अहिले देशको अवस्था सेना, प्रहरी, शिक्षकलाई तलब दिन नसक्ने भएको छ । विकास, बाटा, अस्पताल निर्माण रोकिएको छ। 

प्रतिकृया दिनुहोस्

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...