News Portal

धरानमा एमालेबाट मेयरका ११ र उपमेयरका ६ जना आकांक्षी

हिमालीसंचार संवाददाता
२५७ पटक

धरान – नेकपा एमाले धरान उपमहानगर कमिटी आसन्न बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा धरानको मेयर र उपमेयरको उम्मेदवारका लागि आकांक्षी रहेकाहरुको नाम सिफारिस गरेको छ।

नेकपा एमाले धरानको आइतबार बसेको बैठकले मेयरका ११ जना उम्मेद्वारका आकांक्षीहरुको नाम सिफारिश गरेको छ । उपमेयरको उम्मेदवारका आकांक्षी रहेका ६ जनाको नाम पनी सिफारिस गरेका छन्।

नेकपा एमाले धरानका अध्यक्ष हर्कजंग एभेङका अनुसार सर्वसम्मत उम्मेदवारको नाम सिफारिस गर्ने प्रयास गरिएको थियो। अन्तिम समयसम्म पनी सहमति जुट्न नसकेपछि आकांक्षी उम्मेदवारहरुको नाम सिफारिस गर्ने निर्णय गरेको हो।

नेकपा एमालेबाट धरानको मेयरमा आकांक्षीहरु मन्जु भन्डारी, मनोज कुमार मेन्याङ्बो, विजय राई, प्रकाश राई, मोतिराज सुनुवार, दोर्पध्वज राई, किशोर कुमार कार्की, मीन सुब्बा, नारायण सुबेदी, राजमणी निरौला र तिर्थ मास्केका नाम सिफारिस गरिएको हो। 

मञ्जु भण्डारी केन्द्रीय कमिटी तथा धरानकी हाल उपमेयर छिन् भने मनोजकुमार मेन्याङ्बो, विजय राई, प्रकाश राई, मोतिराज सुनुवार, दोर्पध्वज राई, किशोरकुमार कार्की प्रदेश कमिटी सदस्य हुन् । यस्तै, मीन सुब्बा, नारायण सुवेदी, राजमणी निरौला जिल्ला कमिटी सदस्य छन् भने तीर्थ मास्के पुर्वजिल्ला कमिटी सदस्य हुन्।

त्यस्तै, उपमेयरमा उम्मेदवारका आकांक्षीहरु शुसिला पहाडी, लहरु जिमी, पदम इस्वो लिम्बु, इन्द्रकला राई, सविता चाम्लिङ र लिला राईको नाम पनि सिफारिस गरिएका छ। पहाडी र जिमी प्रदेश कमिटी सदस्य हुन् भने पदम इस्वो, इन्द्रकला राई, सविता चाम्लिङ र लिला राई जिल्ला कमिटी सदस्य हुन्। उपमहानगर कमिटीबाट सिफारिस भएका उम्मेदवारका आकांक्षीहरुको नाम जिल्ला र प्रदेश कमिटीले काँटछाट गरेर केन्द्रमा सिफारिस गर्ने एमाले नेताहरु बताएका छन्।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...