News Portal

धादिङमा गठबन्धन भित्रका दलहरूले वडा तहसम्मै चुनावी तालमेल गर्ने

हिमालीसंचार संवाददाता
२५७ पटक

धादिङ – धादिङमा गठबन्धन भित्रका चार दलहरूले वडा तहसम्मै चुनावी तालमेल गर्ने भएका छन् । शुक्रवार बसेको गठबन्धन दलका प्रमुख नेताहरुको बैठकले जिल्लाको वडा तहसम्मै चुनावी तालमेल गर्ने निर्णय गरेका हुन्। संयुक्त बैठकले जिल्लाका १३ वटै पालिका, १०४ वटै वडा र जिल्ला समन्वय समितिसम्म तालमेल गरेर जाने निर्णय गरेको नेकपा एकिकृत समाजवादीका नेता गुरुप्रसाद बुर्लाकोटीले जानकारी दिए ।  धादिङका १०४ वटै वडामा गठबन्धनबाट साझा उम्मेदवार उठाउने निर्णय भईसकेको छ ।

त्यस्तै आन्तरिक होमवर्क गर्नको लागि बैठकले गठबन्धन दलका दुई दुई जना रहने गरि कार्यदलसमेत गठन गरेको उनले बताए । बैठकले गठबन्धन दलको संयुक्त सचिवालय धादिङवेशीमा खोल्नेसहित बिभिन्न ८ बुँदे निर्णय गरेको छ । गठबन्धन दलहरुबीच आरोप पत्यारोप नगर्न र गठबन्धन भित्रका एक अर्को दलका नेता कार्यकर्ताहरु, सदस्य वा मतदातालाई आफ्नो पार्टीमा प्रवेश गराउन नपाईने समेत निर्णय गरेको छ ।

बैठक नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीको अध्यक्षमा बसेको थियो भने बैठकमा माओवादी केन्द्रबाट नेता तथा मन्त्री शालिकराम जम्कटेल, एकीकृत समाजवादीबाट केन्द्रीय उपाध्यक्ष तथा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, उपमहासचिव डा.गंगालाल तुलाधर, पोलिटव्युरो सदस्य गुरुप्रसाद बुर्लाकोटी, जनता समाजवादीबाट राजु नेपाल लगायत चारै दलका प्रभावशाली नेताहरुको सहभागीता थियो ।

प्रतिकृया दिनुहोस्

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...

रवि, बालेन र कुलमानबीच आज निर्णायक त्रिपक्षीय भेट

काठमाडौँ, पुष ११ – वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे छलफल तीव्र बन्दै गएको बेला ऊर्जा,...