News Portal

हाम्रोलाई भन्दा पनि राम्रोलाई उमेदवार बनाऔं

हिमालीसंचार संवाददाता
३८७ पटक

कर्ण अधिकारी काठमाडौ – स्थानीयतहको चुनावको पूर्ब सन्ध्यामा शहर बजार देखि दुरदराज गाउँ बस्तीहरूमा विभिन्न राजनीतिक दलका नेता देखि कार्यकर्ताहरूलाई चुनावको माहौलले सर्मीगर्मी बनाई सकेको अवस्था छ भने जनताहरू पनि राम्रो व्यक्तिलाई नै विजय गराउने सोचमा छन्।जसले स्थानीय निकायका जनताको भावना र मर्म बुझेर विकासका सम्बाहक बनेर स्थानीय निकायमा भिज्न सक्छ।

त्यस्ता व्यक्तिले नै बाजी मार्छ भन्ने कुरामा दुई मत नै छैन।नेपाली जनताले आफ्नो बिचारहरू आफै व्यक्त र निर्णय गर्न सक्ने भई सकेको अवस्था छ।भोज भत्तेर गरेर पैसा बाडेर चुनाव जित्छु भन्ने मानसिकता बोकेका नेताहरूको अब लगभग लगभग अन्त्य भई सकेको अवस्था छ।जनताले हाम्रोलाई भन्दा पनि राम्रोलाई चयन गर्ने छन्।नेपाली काँग्रेस पार्टी पनि स्थानीय निकायको चुनावको लागि तयारी अवस्था छ साथै स्थानीय निकायमा उमेदवार बनाउने जिम्मा पनि जिल्ला र क्षेत्रलाई दिई सकेको छ।

अब काँग्रेसले कसरी उमेदवार घोषणा गर्छ भन्ने कुराको आम जनता र काँग्रेसीलाई चासो छ।४ बर्ष पश्चात हुन लागेको स्थानीय चुनावमा उमेदवारको महत्वकांक्षी धेरै रहेको अवस्था पनि देखिन्छ।अब पार्टीले कसरी व्यवस्थापन गरेर अगाडी बढ्छ भन्ने कुरा हो।वर्तमान समयमा काँग्रेस भित्र चरम गुटबन्दी भई रहेको अवस्थामा राम्रा व्यक्तिले उमेदवार पाउँदैनन की भन्नेमा चिन्ता छ।

काँग्रेस भित्र राम्रालाई भन्दा पनि आसेपासेलाई टिकट दिने प्रचलन रही आएको हुनाले अब पनि त्यही स्थिति रही रह्यो भने काँग्रेसले पराजय ब्यहोर्नु पर्छ की भन्ने चिन्ता छ । बर्तमान अबस्थामा शहरमा बसेर गाउँको राजनिति गर्नेहरूको बिगबिगी नै छ।जुन ब्यक्तिलाई आफ्नो क्षेत्रको भूगोलका बारेमा जानकार छैन त्यस्ता मनुवाहरूको हाबी हुँदै छ त्यस्ता ब्यक्तिहरू नै टिकटका लागि लागि परी रहेका छन् ।

यो अबस्थामा काँग्रेसले यस्तो उमेदवार खडा गर्न सकोस जसले अन्य पार्टीमा मतदान गर्दै आएका जनताहरूको मन जित्न सकोस र विजय आफ्नो नाममा दर्ता गराउन सकोस तसर्थ काँग्रेसले त्यस्तो नेतालाई उमेदवार बनाउन जरुरी छ जो व्यक्ति त्यहाँको भूगोलसंग मित्रता गास्दै जनतासँग सहकार्य गर्दै अगाडी बढेको होस।पार्टीको उमेदवार बन्ने क्राईट एरीया भित्र पर्छ की पर्दैन भन्ने कुरा प्रति पनि टिकट वितरण गर्नेको ध्यान जान जरुरी छ।स्थानीय निकायमा काँग्रेसको जितले नै सिङ्गो पार्टीलाई मजबुत बनाउने हो त्यस कारण यस्ता कुराहरूलाई मनन गर्दै काँग्रेस अगाडी बढेर सही उमेदवार चयन गर्न सक्यो भने जीत सुनिश्चित छ।जय नेपाल

प्रतिकृया दिनुहोस्

सेयर बजारमा गिरावट, सरकारको भूमिकामाथि प्रश्न

काठमाडौं, चैत २३ – सेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसले सिर्जाएको त्रासप्रति राष्ट्रिय सभामा...

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...

हर्क साम्पाङद्वारा गृहमन्त्री सुदन गुरुङलाई सार्वजनिक सन्देश, दुई मुद्दामा स्पष्टता माग

  काठमाडौं – सामाजिक सञ्जालमार्फत  लक्षित गर्दै सार्वजनिक सन्देश दिएका छन्। उनले गृहमन्त्री गुरुङलाई बधाई...

आज २०८२ साल चैत २३ गतेको राशिफल

आज चैत २३, २०८२ ( अप्रिल ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गृहमन्त्रीलाई पुनको सन्देश : दबाबमा नपरी कानुन अनुसार अघि बढ्नुस्

काठमाडौँ, चैत २२ – स्वतन्त्र सांसद महावीर पुन ले गृहमन्त्री सुधन गुरुङ लाई कुनै पनि...