News Portal

धरानमा गठबन्धनः एउटै चुनाव चिन्ह्रबाट निर्वाचन लड्ने गठबन्धनको तयारी

हिमालीसंचार संवाददाता
१८६ पटक

धरान – स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले धरान उपमहानगरपालिका धरामभित्र एउटै चुनाव चिन्हबाट उम्मेदवारी दिने तयारी गरेका छन् । धरान उपनगरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी र जसपाका नेताहरुले एउटै चुनाव चिन्हबाट चुनाव लड्ने तयारी गरेका हुन् ।

नेताहरुका अनुसार एउटै चुनाव चिन्हबाट निर्वाचनका जानका लागि कानूनी जटिलता समाधानका बारेमा छलफल भइरहेको छ। मंगलबार धरानमा गठबन्धनको बैठक बसेको थियो । बैठकले वडा तहको भागवण्डामा लगभग सहमति जुटेको छ । नेपाली कांग्रेस र अन्य दलले ६०–४० का आधारमा भागवण्डा गर्ने विषयमा लगभग सहमति भएको हो ।

नगरका ‘मेयर र उपमेयरमा आ-आफ्नै चुनाव चिन्हबाट लड्नुहुन्छ, वडामा अध्यक्षदेखि सदस्यहरु जुनसुकै दलबाट भए पनि एउटै चुनाव चिन्हबाट लड्ने तयारी छ,’ गठन्धनका एक नेताले भने, ‘माओवादीले टिकट पाएको वडामा गठबन्धनका सदस्यले हसिया हतौडाबाटै उम्मेद्वारी दिन्छन्, कांग्रेसले टिकट पाएको वडामा रुखबाटै वडाअध्यक्ष र सदस्यको उम्मेदवारी दिन्छन् ।’

नेपाली कांग्रेस धरानका नगरसभापति श्याम पोखरेलका अनुसार; “गठबन्धनको बैठकमा एउटै चुनाव चिन्हबाट उम्मेदवार बन्ने विषयमा छलफल भए पनि निर्णय भएको छैन । ‘कानूनी जटिलताका विषयमा परामर्श भइरहेको छ,’ उनले भने, ‘निर्वाचन आयोगसँग पनि परामर्श गरेका छौं ।’

नगरका वडामा छुट्टा-छुट्टै चुनाव चिन्हबाट उम्मेदवार बन्दा मत बदर हुने सम्भावना बढी भएका कारण गठबन्धनले एउटै चुनाव चिन्हबाट चुनाव लड्ने तयारी गरेका हुन्। नेपाली कांग्रेस सभापति पोखरेल भने सहमति भइनसकेको बताउँछन् । धरानमा कांग्रेसले मेयरसहित १५ वटा वडामा दाबी गरेको बताउँदै उनले निष्कर्षमा पुग्न बाँकी रहेको बताए ।

धरानको मेयरमा गठबन्धन दल नेपाली कांग्रेसबाट तिलक राई, किशोर राई, उमेश थापा लगायतको दाबेदारी रहेको छ । माओवादी केन्द्रबाट आइन्द्रबिक्रम बेघा, सभाषद किरण राईको दाबी छ । नेकपा एमालेबाट उपमेयर मञ्जु भण्डारीसहित आधा दर्जन आकांक्षी छन् । एमाले नेताहरुका अनुसार धरानको मेयरमा मुरारी सुवेदी, बिजय राई, मोतीराज सुनुवार, प्रकाश राई, पूर्व मेयर मनोज मेन्याङ्बोलगायत दाबेदार छन् ।

गत २०७४ सालको निर्वाचनमा धरानमा नेकपा एमाले मेयर उपमेयरसहित १४ वटा वडामा विजयी भएको थियो । नेपका माओवादी केन्द्रले १ र कांग्रेसले पाँचवटा वडा जितेको थियो । मेयर तारा सुब्बाको मृत्युपछि भएको उपनिर्वाचनमा भने नेपाली कांग्रेसबाट उम्मेदवार बनेका तिलक राई मेयरमा निर्वाचित भएका थिए ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...