News Portal

सम्मानजनक गठबन्धन नभए पार्टी एक्लै चुनावमा जान्छ- नारायणकाजी श्रेष्ठ

हिमालीसंचार संवाददाता
३३९ पटक

गोरखा। नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धनभन्दा बाहिरको गठबन्धन पार्टीको प्राथमिकता नभएको बताएका छन्।

गोरखाको पालुङटार नगरपालिकामा मंगलबार आयोजित पार्टीको गोरखा, लमजुङ र मनाङको चुनावी कमान्डले आयोजना गरेको पार्टीको भेला तथा प्रशिक्षण कार्यक्रममा उनले सम्मानजनक ढङ्गबाट गठबन्धन नभए पार्टी एक्लै चुनावमा जाने बताए।

वरिष्ठ नेता श्रेष्ठले गठबन्धन बनाएर निर्वाचनमा जाँदा गठबन्धनमा रहेका सबै दलको हित हुने गरी सहमति भए मात्र गठबन्धन स्वीकार्य हुनेसमेत बताए।

‘हाम्रो पार्टीको प्राथामिकता गठबन्धनका लागि गठबन्धन मात्र होइन’, उनले भने, ‘गठबन्धन बनाएर निर्वाचनमा होमिएपछि सहमतिको अक्षरशः पालना हुने गरी मात्र हुनुपर्छ।’

उनले पार्टीले आन्तरिक एकतालाई सुदृढ पारेर निर्वाचनमा होमिनुपर्ने बताए। वरिष्ठ नेता श्रेष्ठले पार्टीले अबलम्वन गरेको समाजवादको लक्ष्य हासिल गर्नका लागि सडक, सदन र सरकारमा सङ्घर्षको रणनीति लिएर पार्टी अघि बढिरहेको उल्लेख गरे।

‘अहिलेको स्थानीय तहको निर्वाचन भने स्थानीय सदनको मोर्चामा जाने तयारी हो’, उनले भने, ‘यो मेर्चा नजिते हामीले हाम्रो लक्ष्य हासिल गर्न सक्दैनौँ।’ वरिष्ठ नेता श्रेष्ठले माओवादी केन्द्रले जितेका देशभरका स्थानीय तहहरुमा राम्रो काम भएको बताउँदै त्यसबारेमा जनतालाई बुझाउन सक्नुपर्नेमा जोड दिए। – रासस

प्रतिकृया दिनुहोस्

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...