News Portal

एमालेबारे उत्कृष्ट टिकटक बनाउनेलाई १ लाख पुरस्कार दिने

हिमालीसंचार संवाददाता
२०९ पटक

काठमाडौं – नेकपा एमालेनिकट युवा संघ र साइबर सर्कलले नेकपा एमालेबारे उत्कृष्ट टिकटक बनाउने ब्यक्तिलाई पुरस्कार दिने भएको छ।

स्थानीय निर्वाचन नजिकिरहेका बेला नेकपा एमालेको कार्य तथा विचार झल्किने टिकटक भिडियो प्रतियोगिता आयोजना गर्न लागिएको सर्कलले जनाएको छ।

टिकटक भिडियो प्रतियोगिताको पुरस्कार पनि घोषणा गरिएको छ। सर्कलका प्रमुख मदन भण्डारीका अनुसार प्रथम पुरस्कार एक लाख, द्वितीय पुरस्कार पचास हजार र तृतीय पुरस्कार २५ हजार घोषणा गरिएको छ।

भिडियोका लागि केही सर्तहरू पनि तोकिएका छन्। भिडियो चैत २१ देखि २०७९ वैशाख ३० गतेसम्म अपलोड गरिसक्नुपर्ने सर्त राखिएको छ।

यस्तै, भिडियो व्यक्तिगत रूपमा सिर्जना गर्नुपर्ने, एमालेले अघि सारेका योजना र विकासमा आधारित हुनुपर्ने, भिडियो दुई मिनेटको हुनुपर्ने लगायद सर्त राखिएको छ।

साइबर सर्कलका कार्यालय सचिव परशु सुवेदीका अनुसार पार्टीको प्रचार-प्रसार र चुनावलक्षित कार्यक्रमअनुसार यो प्रतियोगिता आयोजना गरिएको हो।

‘अहिले प्रचार-प्रसारको सबैभन्दा सजिलो माध्यम टिकटकलगायत सामाजिक सञ्जाल नै हो,’ सुवेदीले भने, ‘प्रतियोगितामा खुला रूपमा राखिएको छ, तर एमालेभित्रकै कमरेडहरू आवद्ध हुनुहुन्छ भन्ने अपेक्षा छ।’

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...