News Portal

निर्वाचन आचारसंहिता पालनासम्बन्धी प्रतिवद्धतामा हस्ताक्षर गर्न एमालेले गर्यो अस्वीकार

हिमालीसंचार संवाददाता
३८२ पटक

काठमाडौं। निर्वाचन आयोगले मतपत्रको रंग हरियो बनाए कांग्रेसको प्रचार गरेको आरोप लगाउँदै आएको नेकपा एमालेले निर्वाचन आचारसंहिता पालनासम्बन्धी प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्न अस्वीकार गरेको छ।

आचारसिंहताबारे राजनीतिक दलबाट प्राप्त सुझाव समेटी राजपत्रमा प्रकाशित गर्न प्रतिवद्धता पत्रमा हस्ताक्षरका लागि दलहरूलाई मंगलबार आयोगले बोलाएको थियो।

आयोग पुगेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलले हस्ताक्षर गरे पनि एमालेले हस्ताक्षर गर्न अस्वीकार गरेको हो।

आयोगले जारी गर्न लागेको आचारसंहितासम्बन्धी प्रतिवद्धता पत्रलाई लिएर साना दलहरुले विरोध गरेपछि अवस्था तनावपूर्ण भएको भन्दै एमालेले हस्ताक्षर गर्न अस्वीकार गरेको हो।

आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने ७९ वटा राजनीतिक दलहरूसँग मंगलवार निर्वाचन आचारसंहिता छलफल गरेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...