News Portal

उर्लाबारीका मेयर फागोले सरकारी गाडी फिर्ता, दुई महिनाको सेवा सुविधा समेत नलिने धोषणा

दुई महिनाको तलब भत्ता नलिने अरूलाई पनि नदिने निर्देशन

हिमालीसंचार संवाददाता
२५९ पटक

उर्लाबारी – स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखले सस्तो लोकप्रियता कमाउनकै लागि विभिन्न घोषणा गरिरहेको अबस्थामा उर्लाबारीका मेयर खड्ग फागोले पनी सरकारी गाडी फिर्ता गरेका छन्।

मेयर फागोले पार्टीका कार्यकर्ता, जनप्रतिनिधि, सर्वसाधारणलाई समेत राखेर पत्रकार बिच चैत्र २० गतेदेखि सबै सेवा सुविधा नलिने प्रतिबद्धता व्यक्त गर्दै आफूले चढ्दै आएको को १ झ ५७० नम्बरको सरकारी गाडी फिर्ता दिने घोषणा गरेका हुन्। 

मेयर फागोले आफूले मात्र हैन नगरका सबै जनप्रतिनिधिहरूलाई आफूले खाई पाई आएको सबै सेवा सुविधा, तलब भत्ता, सवारी साधन फिर्ता गर्न निर्देशन समेत दिए । उनले चैत र वैशाख दुई महिनाको सेवा, सुविधा, तलब, भत्ता सबै रोक्न कार्यकारी प्रमुखलाई निर्देशन समेत दिएका छन् ।  उपमेयर, वडाध्यक्ष, वडा सदस्य सबैको रकम भुक्तानी नगर्न लेखा प्रशासनलाई समेत उनले निर्देशन दिईसकेको जानकारी गराएका छन् । 

नगरप्रमुखको यस्तो निर्णय चुनाव आउने बेलामा आएका कारण धेरैले मेयरको यो घोषणा सस्तो लोकप्रियताको लागि मात्रै भएको टिप्पणी समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...