News Portal

नेकपा एमाले कसैसँग गठबन्धन गर्दैन, एक्लै लड्छ : भट्टराई

एमाले एक्लैले ५० प्रतिशत भन्दा बढी सिट जित्छ

हिमालीसंचार संवाददाता
३७२ पटक

खोटाङ – नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले वैशाख ३० हुने स्थानीय तहका निर्वाचनमा नेकपा एमाले एक्लै लड्ने बताएका छन् ।

खोटाङको ऐसेलुखर्कमा आज युवा संघले आयोजना गरेको पुरुष तथा महिला भलिबल प्रतियोगिताको उद्घाटन गर्दै संसदीय दलका प्रमुख सचेतक भट्टराईले सो कुरा बताएका हुन् ।

‘प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले बलियो छ, एक्लै लड्न सकिदैन, त्यसैले हामी मिलौं भन्नुभएछ,’ भट्टराईले भने, ‘पाँच वटा दलले पुग्दैनभने प्रधानमन्त्रीज्यू अरु पनि छरिएका कोही छन् भने मिलाउनुस्, एमाले एक्लै लड्छ ।’

संसदीय दलका प्रमुख सचेतक भट्टराईले नेपालका सबै राजनीतिक दल एक ठाउँमा उभिए पनि स्थानीय तहका निर्वाचनमा नेकपा एमाले एक्लैले ५० प्रतिशत भन्दा बढी सिट जित्ने दाबी गरे । एमालेले कुनै पनि दलसँग गठबन्धन नगर्ने र सूर्य बाहेक अन्य चुनाव चिन्हमा भोट नमाग्ने प्रष्ट पारेका हुन्। 

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...