News Portal

भरतपुरमा मेयर नपाए गठबन्धन तोड्ने कांग्रेसको निर्णय

हिमालीसंचार संवाददाता
२९४ पटक

चितवन – सत्तारूढ दलहरूबीच चुनाबी गठबन्धन भए पनि नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसले मेयर पद पाउनु पर्ने अडान राखेको छ । आइतबार बसेको जिल्ला कार्य समितिको बैठकले भरतपुरमा मेयर नपाए एकल रूपमै चुनावमा जाने निर्णय कांग्रेस गरेको छ ।

नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार; ‘नेपाली कांग्रेस चितवनको जिल्ला कार्य समिति बैठकले माहानगरको हकमा भने माहानगर प्रमुख नेपाली काङ्ग्रेसको उम्मेदवार रहने गरि तालमेल गर्न सकिने अन्यथा एकल निर्वाचनमा जाने निर्णय गरेको छ’ 

भरतपुरको मेयर पदमा सत्तारूढ गठबन्धनको अर्को घटक नेकपा माओवादी केन्द्रले पनि दाबी गर्दै आएको छ । अहिले महानगरको मेयर माओवादी केन्द्रकी रेनु दाहाल रहेकी छन् । दाहाललाई मेयर बनाउन कांग्रेसले नै सहयोग गरेको थियो ।कांग्रेससँग तालमेल गरेरै दाहालले चुनाब जितेकी थिइन् । अघिल्लो स्थानीय चुनावमा मनोनयन फिर्ता लिने दिनमा तालमेल घोषणा भएको थियो । पहिलेका चुनावहरूको नतिजाको आधारमा तुलनात्मक रूपमा वाम घटकभन्दा भरतपुरमा कांग्रेस बलियो मानिन्छ । तर बलियो भए पनि मेयर पद छाडेका कारण त्यस बेलादेखि चुलिएको असन्तुष्टि अझै कायम छ । यस पटक पनि मेयरमा माओवादीले दाबी गरेका कारण चितवन कांग्रेसको असन्तुष्टि सार्वजनिक रूपमा नै व्यक्त हुने गरेको छ ।

अघिल्लो हप्ता मात्रै चितवन आएका माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहालले स्थानीय चुनावमा सत्तरूढ दलहरूबीच गठबन्धन हुने र भरतपुरको मेयरमा आफ्नो दाबी रहने बतएका थिए ।

दाहालले महानगर र उपमहानगरको हकमा केन्द्रीय तहमा नै निर्णय हुने बताउँदै आएका छन् । आइतबार भएको चितवन कांग्रेसको बैठकमा चितवनबाट निर्वाचित पार्टीका केन्द्रीय सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, महासमिति सदस्यहरु, पूर्व जिल्ला सभापतिहरु, सांसद, पूर्व सांसदहरु, क्षेत्रीय र प्रदेश सभापतिहरु, माहानगर भित्रका २९ वटा वडाका सभापतिहरुको उपस्तिथि रहेको थियो ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...