News Portal

  • भरतपुरमा मेयर नपाए गठबन्धन तोड्ने कांग्रेसको निर्णय

    हिमालीसंचार संवाददाता
    २३६ पटक

    चितवन – सत्तारूढ दलहरूबीच चुनाबी गठबन्धन भए पनि नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसले मेयर पद पाउनु पर्ने अडान राखेको छ । आइतबार बसेको जिल्ला कार्य समितिको बैठकले भरतपुरमा मेयर नपाए एकल रूपमै चुनावमा जाने निर्णय कांग्रेस गरेको छ ।

    नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार; ‘नेपाली कांग्रेस चितवनको जिल्ला कार्य समिति बैठकले माहानगरको हकमा भने माहानगर प्रमुख नेपाली काङ्ग्रेसको उम्मेदवार रहने गरि तालमेल गर्न सकिने अन्यथा एकल निर्वाचनमा जाने निर्णय गरेको छ’ 

    भरतपुरको मेयर पदमा सत्तारूढ गठबन्धनको अर्को घटक नेकपा माओवादी केन्द्रले पनि दाबी गर्दै आएको छ । अहिले महानगरको मेयर माओवादी केन्द्रकी रेनु दाहाल रहेकी छन् । दाहाललाई मेयर बनाउन कांग्रेसले नै सहयोग गरेको थियो ।कांग्रेससँग तालमेल गरेरै दाहालले चुनाब जितेकी थिइन् । अघिल्लो स्थानीय चुनावमा मनोनयन फिर्ता लिने दिनमा तालमेल घोषणा भएको थियो । पहिलेका चुनावहरूको नतिजाको आधारमा तुलनात्मक रूपमा वाम घटकभन्दा भरतपुरमा कांग्रेस बलियो मानिन्छ । तर बलियो भए पनि मेयर पद छाडेका कारण त्यस बेलादेखि चुलिएको असन्तुष्टि अझै कायम छ । यस पटक पनि मेयरमा माओवादीले दाबी गरेका कारण चितवन कांग्रेसको असन्तुष्टि सार्वजनिक रूपमा नै व्यक्त हुने गरेको छ ।

    अघिल्लो हप्ता मात्रै चितवन आएका माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहालले स्थानीय चुनावमा सत्तरूढ दलहरूबीच गठबन्धन हुने र भरतपुरको मेयरमा आफ्नो दाबी रहने बतएका थिए ।

    दाहालले महानगर र उपमहानगरको हकमा केन्द्रीय तहमा नै निर्णय हुने बताउँदै आएका छन् । आइतबार भएको चितवन कांग्रेसको बैठकमा चितवनबाट निर्वाचित पार्टीका केन्द्रीय सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, महासमिति सदस्यहरु, पूर्व जिल्ला सभापतिहरु, सांसद, पूर्व सांसदहरु, क्षेत्रीय र प्रदेश सभापतिहरु, माहानगर भित्रका २९ वटा वडाका सभापतिहरुको उपस्तिथि रहेको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    भीम रावलको अभियान नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै

    काठमाडौँ, कार्तिक २४ — पूर्वएमाले उपाध्यक्ष भीम रावलले नेतृत्व गरेको ‘मातृभूमि जागरण अभियान, नेपाल’ अब...

    इक्वेडरको मचाला जेलमा दङ्गा : ३१ कैदीको मृत्यु

    क्विटो, कार्तिक २४  — इक्वेडरको मचाला जेलमा आइतबार भएको हिंसात्मक भिडन्तमा कम्तीमा ३१ कैदीको मृत्यु...

    काठमाडौंमा बुवाको हत्या आरोपमा छोरा पक्राउ

    काठमाडौं, कार्तिक २४ — काठमाडौं महानगरपालिका–१५ किमडोलमा बुवाको हत्या आरोपमा एक छोरा पक्राउ परेका छन्।...

    उर्जामन्त्री कुलमान घिसिङको पार्टी ‘उज्यालो नेपाल’ नाममा दर्ता तयारी

    काठमाडौं, कार्तिक २४ — उर्जामन्त्री कुलमान घिसिङले नेतृत्व गर्ने नयाँ राजनीतिक दलको नाम “उज्यालो नेपाल”...

    आज २०८२ साल कार्तिक २४ गतेको राशिफल

    आज कार्तिक २४, २०८२ (नोभेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...