News Portal

भारतको बनारसमा प्रधानमन्त्री देउवाले एक करोडको वृद्धाश्रम गरे शिलान्यास

हिमालीसंचार संवाददाता
२५७ पटक

काठमाडौं – भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको बनारसमा एक करोड वृद्धाश्रमको शिलान्यास गरेका छन्।

प्रधानमन्त्री देउवाले भारतको ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको आज प्रधानमन्त्री देउवाले शिलान्यास गरेका हुन्। उक्त अवसरमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी थिए।

नेपाल सरकारले वृद्धाश्रमका लागि एक करोड विनियोजन गरेको छ । यद्यपि भवन निर्माणको ठेक्का लगाउन भने बाँकी छ। नेपालबाट तीर्थयात्रामा आउनेहरुका लागि वृद्धाश्रम निर्माण गर्न लागिएको बताएको छ । उक्त भवनमा ३५ कोठा रहनेछन्।

शिलान्यास गरेको भवन नेपाली शैलीको हुने जनाइएको छ। पुरातत्व विभागले भवनको नक्साङ्कनको काम गरिरहेको छ। भारत भ्रमण सकेर आज प्रधानमन्त्री देउवा स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...