News Portal

देशको विकास गर्ने पार्टी एमाले मात्र होः केपी ओली

“खोटाङको हलेसी पुगेका ओलीले दुई लाख नगद सहयोग!”

हिमालीसंचार संवाददाता
२५२ पटक

खोटाङ – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वाञ्जलको खोटाङ जिल्ला स्थित हलेसी महादेव जर्शन पछि नेकपा एमाले खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न शनिबार खोटाङ जिल्ला पुगेका छन्।

अध्यक्ष ओलीले “नेपालमा सामाजिक सुरक्षा भत्ता दिन नेकपा एमालेले सुरु गरेको हो, कर्मचारीको तलब बृद्धि गर्ने, नयाँ विकासका अवधारणा अघि सार्ने, जनता र गरीब सम्झीने पार्टी भनेको एमाले मात्रै हो ।” समृद्ध नेपाल निर्माण गर्दैगर्दा अब सरकार सधै एमालेले मात्र बनाउने भयो भनेर बिरोधीहरुले जालझेल गरेर सरकारबाट आफुलाई हटाएको उनले बताए । 

उनले थप भने; तर, देशै भरी एमालेमा जनताको लहर रहेको कारण एमाले पुनः सरकारमा जाने र समृद्ध नेपाल निर्माण गर्ने उनको भनाइ थियो।  वि.स. २०५१/५२ सालमा पनि अदालतले एमालेको सरकार ढालेको तर पुनः एमाले जनताको मतले सरकारमा आएजस्तै अव पनि एमालेलाई जनताले सरकारमा ल्याउने अध्यक्ष ओलीले बताए ।

हेलीकप्टर चडेर सवा १२ बजे खोटाङ जिल्लाको हलेसीमा धर्मपत्नी राधिका शाक्य, एमालेका उपाध्यक्ष एवं पूर्व गृहमन्त्री राम बहादुर थापा, संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई लगायतका नेतहरुसँग आएका थिए । हेलीकप्टरबाट उत्रनेबित्तिकै हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको त्रिधार्मिक स्थल हलेसी मन्दिरको दर्शन गरेका थिए ।

हलेसी मन्दिरको दर्शन पश्चात पत्रकार सम्मेलनमा हलेसीको विकासकोलागि गुरु योजना आफ्नो कार्यकालमा निर्माण शुरु गरिएको अब त्यसको कार्यन्वयनका लागि एमालेले सहयोग गर्ने बताएका ओलीले हलेसी मन्दिर व्यवस्थापन, प्रवद्धनका लागि दुई लाख नगद सहयोग समेत गरेका थिए। 

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...