News Portal

राष्ट्रिय प्रजातन्त्र पार्टीले राजा फर्काउँदैनः लिङ्देन

हिमालीसंचार संवाददाता
२६९ पटक

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले संगठन विस्तार दौडाहामा निस्केका छन्। सदरमुकाम गाईघाटमा शुक्रबार आयोजित ‘वृहत आमसभा’ कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले कांग्रेस, एमाले र माओवादीले भनेजस्तो राजा फर्काउने पक्षमा राप्रपा नरहेको बताउदै अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले राजा नफर्काउने बताएका छन्।

राप्रपाले हिन्दु धर्म र संवैधानिक राजतन्त्रको नारा लिएर अघि बढिरहेको पार्टीका अध्यक्ष लिङ्देनले राजा फर्काउने कुरामा विश्वास नगर्न जनसमुदायमा आग्रह गरेका थिए । सदरमुकाम गाईघाटमा शुक्रबार आयोजित कार्यक्रममा उनले भने ‘यो आमसभा सुनेर फर्केपछि कांग्रेस, एमाले र माओवादी नेताहरु गाउँका जनतालाई भन्नेछन्, राप्रपा ठूलो पार्टी भयो भने राजा ल्याउँछ, त्यसैले भोट दिनुहुन्न’ उनले भने ‘तर, म अध्यक्षको नाताले यति भन्छु, हामी राजा फर्काउने छैनौँ, जनताको दुःखसुखमा साथ दिनेछौँ, भ्रष्टाचार शून्यमा झार्नेछौँ।’

अध्यक्ष लिङदेनले धर्मको बारेमा भने केही बोल्न चाहेनन्। जनताले कांग्रेस, एमाले र माओवादीलाई देश बनाउने मौका पटकपटक दिएको भन्दै उनले भने तर, केही गर्न नसकेको आरोप लगाएका थिए । शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाललाई पटकपटक देश बनाउने मौका जनताले दिए पनि जनअपेक्षा अनुरुप काम नगरेको हुनाले अब विकल्प खोज्न जनतालाई आग्रह गरेका थिए ।

अध्यक्ष लिङदेनले “नयाँ शक्तिको रुपमा उदाउँदो राप्रपालाई भोट दिएर विकास र समृद्धिको स्वाद चाख्न उनले आग्रह गरेका थिए । राजतन्त्रकाल र राजा हटेको १५ वर्षे अवधिमा देश झन् कमजोर भएको बताउँदै अध्यक्ष लिङ्देनले राजतन्त्र फालेपछि ठूला दलका सीमित नेताहरु मात्र बद्लिएको तर, निमुखा जनताको स्थिति झन्झन् दयनीय हुँदै गएको चित्रण समेत गरेका थिए। 

त्यसो हुनुको मुख्य कारण भ्रष्टाचार, घुसखोरी र कमिशनतन्त्र नै रहेको उनको ठोकुवा थियो। त्यस्तो बेथिति हटाउन राप्रपा प्रतिवद्ध रहेको भन्दै उनले अब राप्रपालाई एकपटक मौका दिन जनतासँग आग्रह गरेका थिए । राप्रपा सत्तामा पुगेमा कसैलाई भष्टाचार गर्न नदिने र आफू पनि नगर्ने भन्दै उनले ‘घुस र कमिशन खानु भनेको आमाको रगत खानुसरह’ भएको बताए।

लिङदेनले आफूहरु कोही घुस कमिशन नखाने र खान पनि नदिने प्रतिवद्धता जनाउँदै राप्रपा देशको देश र जनताप्रति एक मात्र भरपर्दो र उदाउँदो वैकल्पिक शक्ति भएको दावी गरे। अध्यक्ष लिङ्देनले कांग्रेस, एमाले र माओवादीले पालैपाली शासन गरे पनि १५ वर्षको अवधिमा जनमुखी कुनै कार्यक्रम ल्याउन नसकेको बताउँदै अब जनता विकल्पको खोजीमा लागेको बताए।

संघीयता र गणतन्त्रको नाममा ठूला ३ पार्टीका नेताहरु पालैपालो पटकपटक सत्तामा पुगेको तर, राम्रा काम कुनै गर्न नसकेको आरोप उनको थिए । उनीहरु मिलेर खान चाँहि माहिर रहेको भन्दै अध्यक्ष लिङ्देनले वाइडबडी, एनसेल कर छलीजस्ता घोटालामा तीनै पार्टीका नेताहरु मिलेमतोमा भ्रष्टाचार गरेको आरोप लगाए।

वर्तमान सरकारले जनतालाई करको भारी बोकाएको भन्दै राप्रपा सत्तामा आए ठाउँ हेरेर ५० प्रतिशतसम्म कर कटौती गर्ने आश्वासन दिए। कक्षा १२ सम्मको शिक्षा निःशूल्क गर्ने तथा आधारभूत स्वास्थ्य सेवा गाउँगाउँ पुर्‍याउने आश्वासन उनले बाँडे। वर्षमा एकपटक घरमै स्वास्थ्यकर्मी टोली खटाएर सर्वसाधारण जनतालाई आधारभूत स्वास्थ्य जाँचको सुविधा दिने पनि उनको आश्वासन थियो।

स्थानीयतहलाई ‘सिंहदरबार’को संज्ञा दिइएको भन्दै उनले सिंहदरबारको अधिकार मात्र नआएर भ्रष्टाचार पनि सरेर आएको व्यंग्य गरे। आउँदो वैशाख ३० गते हुने भनिएको स्थानीयतह निर्वाचनमा राप्रपाले सबै ठाउँमा उम्मेदवारी दिने घोषणा गर्दै लिङ्देनले ठाउँ नपाएका, क्षमतावान र निश्कलंक व्यक्तिहरु कोही इच्छुक भए पार्टीले टिकट दिएर उम्मेदवार बनाउने बताए।

कार्यक्रममा पूर्व अभियन्ता ज्ञानेन्द्र शाही, पूर्वमन्त्रीद्वयहरु रामकुमार सुब्बा, हरिबहादुर बस्नेत र विक्रम पाण्डेलगायतले नेताले बोलेका थिए।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...