News Portal

दिल्लीको सडकका चोकचोकमा प्रधानमन्त्री देउवा र मोदीको तस्बिर

हिमालीसंचार संवाददाता
३५३ पटक

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवालाई दक्षिणी छिमेकी भारतले करिब ९ महिनापछि स्वागत गर्दैछ। असार २९ गते प्रधानमन्त्री भएयता लामो प्रतीक्षापछि देउवा भारतको राजनीतिक तीर्थाटनमा निस्किएका हुन्।

नेपालका प्रधानमन्त्रीहरुले हरेक पटक पहिलो भ्रमण भारतबाट सुरु गर्छन्। तर देउवाको पहिलो भ्रमण भने जलवायु सम्मेलनका क्रममा बेला हुँदै स्कटल्यान्डमा भएको थियो।

पटक पटकको पहलपछि देउवाको दिल्ली भ्रमण सम्भव भएको थियो। यसअघि स्कटल्यान्डमा भएको सम्मेलनमा मोदीसँगको भेटमा तत्कालै दिल्ली जाने कुरा थियो। तर बल्ल देउवाको दिल्ली यात्रा जुरेको हो। देउवा केही बेरअघि ५० जनाको टोलीसहित दिल्लीतिर लागेका छन्।

उनी पुग्नुअघि अहिले दिल्लीका मुख्य सडकका चोकमा उनको स्वागतमा तस्विरसहितका पोस्टर सजाइएको छ। ति पोस्टरमा देउवासँगै समकक्षी मोदीका पनि तस्बिर राखिएका छन्। यससँगै दिल्लीका सडकमा पोलहरुमा नेपाल र भारतमा झण्डा पनि फहराइएका छन्।

देउवाको स्वागतका लागि इन्डिया गेट, चानक्यपुरी, राष्ट्रपति निवास क्षेत्रसहितका सडकमा चोक चोकमा तस्बिर र झण्डा सजाइएको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...