News Portal

स्थानीय चुनाव तालमेल गर्ने सत्तारूढ पाँच दलको औपचारिक निर्णय

हिमालीसंचार संवाददाता
२५६ पटक

काठमाडौं – आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने सत्तारूढ पाँच दलले निर्णय गरेका छन्।आज बालुवाटारमा बसेको गठबन्धनको बैठकले पाँचदलीय गठबन्धन एकढिक्का भएर चुनावमा जाने निर्णय गरेका हुन्।

आजको बैठकपछि सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तागठबन्धन एकढिक्का भएर स्थानीय चुनावमा जाने निर्णय भएको बताए।

आगामी ‘वैशाख ३० मा हुने स्थानीय चुनावमा सत्तागठबन्धनका दल तालमेल गरेर अघि बढ्ने निर्णय भयो,’ उनले भने। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा तालमेल गरेर चुनावमा जान तयार भएका हुन्।

उनकाअनुसार गठबन्धन गर्नेबारे प्रदेशदेखि पालिकासम्म दलहरूका प्रमुख रहेको संयन्त्र बनाउने निर्णय पनि भएको छ।दलहरूले महानगरको टिकट भने केन्द्रबाट नै टुंग्याउनेमा सामान्य छलफल गरेका थिए। साथै गठबन्धन बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको शुक्रबारदेखि हुने भारत भ्रमणबारे पनि कुराकानी भएको थियो।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...