News Portal

“माओबादी’ र ‘एस” पाटीले एक सिट मात्र ल्याए सबै सम्पत्ति दिएर वृन्दावन जान्छु : दुर्गा प्रसाईँ

हिमालीसंचार संवाददाता
२६१ पटक

काठमाडौं –  बिगतमा दुई ध्रुवमा विभाजित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई एकै ठाउँमा ल्याउन आफ्नै घरमा काँसको थालमा मार्सी चामलको भात खुवाएपछि एकाएक चर्चामा आएका व्यवसायी दुर्गा प्रसाईँलाई अहिले चर्चामा आएका छन्।

चाहे पत्रकार सम्मेलनमा उनले बोलेका शब्दावली हुन् या त सार्वजनिक फोरममै उनले बोल्ने गरेका भाषाले पनि उनलाई जहिले पनि चर्चा र केही विवादमा ल्याई नै रह्यो । अहिले उनी नेकपा एमालेको केन्द्रीय सदस्य पनि हुन् । कुनै बेला माओवादी केन्द्र तिर ढल्किएका यिनै दुर्गा प्रसाईँ अहिले नेकपा एमालेको केन्द्रीय सदस्य बनेका छन् ।

झापाको बिर्तामोडमा बिएण्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर हस्पिटल संचालन गरिरहेका व्यवसायी दुर्गा प्रसाईँ भन्दा पनि बढी मार्सी चामल भनेर चिनिन थालेपछि उनले उक्त आलोचनात्मक वाक्यलाई ब्राण्डनै बनाउने भन्दै मार्सी ब्रान्डको बियरको समेत व्यावसायिक उत्पादन सुरु गरेका थिए ।

यस्तै, पछिल्लो अवस्थालाई हेर्ने हो भने तिनै व्यवसायी दुर्गा प्रसाईँले भक्तपुरको सूर्य विनायकमा बुधवारदेखि सूर्य विनायक हरित कृषि तथा थोक बजारको सुरुवात गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बोलाएर उनले तरकारी बजारको उद्घाटन गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई राम्रै मान्ने यिनै व्यवसायी तथा नेता प्रसाईँले आज आफ्नै तरकारी बजारको उद्घाटन कार्यक्रममा बोल्दै आफ्नो मन्तव्यको अधिकांश समय माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेतालाई गाली गर्दै स्थानीय निर्वाचनमा नेकपा माओबादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एक सिटमात्र जितेमा आफ्नो पुरै सम्पति उनीहरुको नाममा दिएर आफु विन्द्रवन जाने बताएका थिए। 

उनी बोल्दा बोल्दै साह्रै हौसिने दुर्गा प्रसाईँ आज पनि निक्कै हौसिएको प्रस्टै देखियो । उनले हौसिएर यतिसम्म भन्न भ्याए कि आगामी निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टी वा माओवादी केन्द्रले एक सिट मात्र ल्याए आफ्नो सम्पूर्ण सम्पत्ति उक्त पार्टीकै नाममा यही बोलीको आधार मानेर सबै सम्पति नामसारी गरिदिने उल्लेख गरेका थिए। उद्घाटन कार्यक्रममा सुरु मन्तव्यबाटै अन्य पार्टीलाई गाली गर्दै प्रसाईँले मन्तव्यको अन्त्यतिर एस पार्टीको नाम तोकेर गठबन्धन बाहेक चुनावमा एक सिट मात्र ल्याए आफ्नो सबै सम्पत्ति परित्याग गरेर भारतको वृन्दावन गएर बस्छु भन्न समेत भ्याए ।

उने दुई पाटीलाई आफ्नो यही भनाइलाई प्रमाण मानेर दाबी लिए पुग्ने समेत बताए । प्रसाईँले सूर्यबिनायकमा ४४ सय मानिसलाई रोजगारी हुने गरी थोक तरकारी बजार सञ्चालनमा ल्याएको दाबी गरेका छन् ।

उनको तरकारी बजार उद्घाटन गर्न पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि के कम ? दुर्गा प्रसाईँले बालेको आगोमा घ्यु थपेझैँ ओलीले पनि अझ हौसिएर आफ्नो पार्टी चाहिँ १ क्विन्टलको ढक भएको र माओवादी र नेकपा एकीकृत समाजवादीलाई भने १ किलोको ढक  भएको सम्म भन्न भ्याएका थिए। 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...