News Portal

रोल्पा फेरि प्रतिगमनविरुद्ध लाल किल्ला बन्नेछ: प्रचण्ड

हिमालीसंचार संवाददाता
२२२ पटक

रोल्पा – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्धकालमा ऐतिहासिक कीर्तिमान कायम गरेको रोल्पाली जनताले प्रतिगमनविरुद्ध रोल्पालाई लालकिल्ला बनाइराख्ने विश्वास व्यक्त गरेका छन् । आज रोल्पाको सातदोबाटोमा निर्माण भएको भ्यू टावरको उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सहिदहरुको स्मरण गर्दै आगामी निर्वाचनमा प्रतिगमनकारीलाई रोल्पाली जनताले परास्त गर्ने विश्वास व्यक्त गरेका हुन् ।

“रोल्पाले क्रान्तिप्रतिको निष्ठा, विचार र नेतृत्वप्रतिको निष्ठालाई कम हुन दिएको छैन।” प्रचण्डले भने, “आगामी निर्वाचनमा ती महान सहिदहरुलाई स्मरण गर्दै प्रतिगमनको षडयन्त्र परास्त गर्न फेरी लाल किल्लाको रुपमा कायम गर्ने छ।” रोल्पा जिल्लाले क्रान्ति र ध्वंस मात्रै नभएर विकास र समृद्धिका पक्षमा समेत आफूलाई अब्बल साबित गरेको बताउँदै अध्यक्ष प्रचण्डले जिल्लाको विकासका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

“रोल्पाले जनयुद्धमा मात्रै होइन शान्तिमा पनि निर्माणमा पनि रेकर्ड बनाउन सक्छ भन्ने सन्देश दिएको छ । रोल्पाको विकासका लागि राष्ट्रिय समझदारी बन्ने विश्वास लिएको छु ।” अध्यक्षले भने, “सबै राजनीतिक दलहरुसँग सहकार्य गरेर विकास निर्माणमा तपाईहरु अघि बढनुहुनेछ, केन्द्रबाट गर्नुपर्ने सहयोगका लागि म सधैं तत्पर छु ।”

जनयुद्धका सहिदहरुको सम्झना गर्दै अध्यक्ष प्रचण्डले प्रतिगमनको षडयन्त्र अझै कायम रहेको बताउदै प्रतिगमनविरुद्धको संघर्षकै क्रममा गठबन्धन बनेको प्रसंग उल्लेख गर्दै आगामी निर्वाचनसम्म गठबन्धन अघि बढने समेत बताउए ।

“गतसाल झण्डै झण्डै प्रतिगमन हुने पो हो कि, संविधानका उपलब्धि उल्टिने पो हो कि भन्ने खतरा उत्पन्न भएको थियो । तर हामीले संघर्ष गरेर सफल भयौं । हामी गठबन्धन बनायौं । यसलाई भत्काउन पनि देशी विदेशी षडयन्त्र भयो र अहिले पनि भइरहेको छ ।” उनले भने, “हामी गठबन्धनलाई झनै बलियो बनाउन र आगामी निर्वाचनमा एउटा रेकर्ड बनाएर जानका लागि प्रयत्नशील रहेको बताएका थिए।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...