News Portal

  • रोल्पा फेरि प्रतिगमनविरुद्ध लाल किल्ला बन्नेछ: प्रचण्ड

    हिमालीसंचार संवाददाता
    १७५ पटक

    रोल्पा – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्धकालमा ऐतिहासिक कीर्तिमान कायम गरेको रोल्पाली जनताले प्रतिगमनविरुद्ध रोल्पालाई लालकिल्ला बनाइराख्ने विश्वास व्यक्त गरेका छन् । आज रोल्पाको सातदोबाटोमा निर्माण भएको भ्यू टावरको उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सहिदहरुको स्मरण गर्दै आगामी निर्वाचनमा प्रतिगमनकारीलाई रोल्पाली जनताले परास्त गर्ने विश्वास व्यक्त गरेका हुन् ।

    “रोल्पाले क्रान्तिप्रतिको निष्ठा, विचार र नेतृत्वप्रतिको निष्ठालाई कम हुन दिएको छैन।” प्रचण्डले भने, “आगामी निर्वाचनमा ती महान सहिदहरुलाई स्मरण गर्दै प्रतिगमनको षडयन्त्र परास्त गर्न फेरी लाल किल्लाको रुपमा कायम गर्ने छ।” रोल्पा जिल्लाले क्रान्ति र ध्वंस मात्रै नभएर विकास र समृद्धिका पक्षमा समेत आफूलाई अब्बल साबित गरेको बताउँदै अध्यक्ष प्रचण्डले जिल्लाको विकासका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

    “रोल्पाले जनयुद्धमा मात्रै होइन शान्तिमा पनि निर्माणमा पनि रेकर्ड बनाउन सक्छ भन्ने सन्देश दिएको छ । रोल्पाको विकासका लागि राष्ट्रिय समझदारी बन्ने विश्वास लिएको छु ।” अध्यक्षले भने, “सबै राजनीतिक दलहरुसँग सहकार्य गरेर विकास निर्माणमा तपाईहरु अघि बढनुहुनेछ, केन्द्रबाट गर्नुपर्ने सहयोगका लागि म सधैं तत्पर छु ।”

    जनयुद्धका सहिदहरुको सम्झना गर्दै अध्यक्ष प्रचण्डले प्रतिगमनको षडयन्त्र अझै कायम रहेको बताउदै प्रतिगमनविरुद्धको संघर्षकै क्रममा गठबन्धन बनेको प्रसंग उल्लेख गर्दै आगामी निर्वाचनसम्म गठबन्धन अघि बढने समेत बताउए ।

    “गतसाल झण्डै झण्डै प्रतिगमन हुने पो हो कि, संविधानका उपलब्धि उल्टिने पो हो कि भन्ने खतरा उत्पन्न भएको थियो । तर हामीले संघर्ष गरेर सफल भयौं । हामी गठबन्धन बनायौं । यसलाई भत्काउन पनि देशी विदेशी षडयन्त्र भयो र अहिले पनि भइरहेको छ ।” उनले भने, “हामी गठबन्धनलाई झनै बलियो बनाउन र आगामी निर्वाचनमा एउटा रेकर्ड बनाएर जानका लागि प्रयत्नशील रहेको बताएका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २९ गतेको राशिफल

    आज भदौ २९, २०८२ (सेप्टेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ २८ गतेको राशिफल

    आज भदौ २८, २०८२ (सेप्टेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरे

    कुवेत – कुवेतमा केही महिनाअघि मात्र गठन भएको युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा...

    संसद विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ, शीलतनिवासमा जुट्यो सहमति

    काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ। शुक्रबार दिनभर...

    सार्वजनिक यातायात कहिले चल्छ अन्योलमा, यात्रु मर्कामा

    काठमाडौं, २७ भदौ – देशभरको हालको परिस्थितिले छोटो तथा लामो दूरीका सार्वजनिक यातायात अनिश्चितकालका लागि...