News Portal

नेकपा एमालेका नेता तथा पूर्व कृषि राज्यमन्त्री ओमप्रकाश यादव जसपा नेपाल प्रवेश

हिमालीसंचार संवाददाता
२६१ पटक

काठमाडौं – नेकपा एमालेका नेता तथा पूर्व कृषि राज्यमन्त्री ओमप्रकाश यादव जनता समाजवादी पार्टी, नेपाल जसपामा प्रवेश गरेका छन् ।

जसपा जिल्ला समन्वय समिति, रुपन्देहीले आइतबार मायादेवी गाउँपालिका–४ स्थित सेमरीमा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा एमाले परित्याग गर्दै उनी जसपामा प्रवेश गरेका हुन् । उनले पार्टी प्रवेशसँगै आफू पार्टीको हितका लागि डटेर लाग्ने बताए । एमालेमा रहुन्जेल गरेका कामको समिक्षा पार्टीले नगरेको उनको गुनासो थियो ।

उनलाई जसपाका केन्द्रीय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष यादवले जसपाले मात्रै मुलुक र जनताको पक्षमा काम गर्न सक्ने पाटी भएको बताए ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...