News Portal

खोटाङ जिल्लामा स्थानीय निर्वाचनका लागि १३ दल दर्ता

हिमालीसंचार संवाददाता
३५६ पटक

सन्जिब कोयी/खोटाङ – आगामी बैसाख ३० गते हुन लागेको स्थानीय तहका निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय खोटाङमा किरात खम्बुवान साझा पार्टी, राष्टिय प्रजातन्त्र पार्टी, सामाजिक एकता पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, जनसमाजवादी पार्टी स्थानीय तहको निर्वाचनका लागि खोटाङ जिल्ला निर्वाचन कार्यालयमा १३ दल दर्ता भएका छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, नेपाल मंगोल नेशनल अर्गनाइजेसन, उन्नत लोकतन्त्र पार्टी, नेपालको लागि नेपाली पार्टी र नेपाल कम्यूनिष्ट पार्टी (समाजवादी) दर्ता भएको खोटाङ जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लोकेन्द्रकुमार राईले हिमालीसंचारडटकमसंग बताए ।

स्थानीय तहका निर्वाचनका लागि चुनाव चिह्न लिनका लागि निर्वाचन आयोगले तोकेको समयमा राष्ट्रिय दलको मान्यता प्राप्त नगरेका १३ दलले जिल्ला स्तरको संगठनात्मक संरचना जिल्ला समिति बारे विवरण प्राप्त भएको हो ।

आयोगले राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले भने जिल्लामा विवरण बुझाउनु नपर्ने सूचना अधिकारी राईले बताए ।

आयोगले निर्वाचनमा उठ्ने उम्मेद्वारलाई सोही दलको निर्वाचन चिन्ह दिनका लागि राष्ट्रिय दल बाहेकका अन्य दललाई जिल्ला स्तरको संगठन संरचनाको विवरण ६ चैतभित्र आफ्नो विवरण पेश गर्न निर्वाचन आयोगले भनेका थिए। सोही अनुरुप जिल्लामा दल दर्ता भएको हो। 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...