News Portal

  • खोटाङ जिल्लामा स्थानीय निर्वाचनका लागि १३ दल दर्ता

    हिमालीसंचार संवाददाता
    १९० पटक

    सन्जिब कोयी/खोटाङ – आगामी बैसाख ३० गते हुन लागेको स्थानीय तहका निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय खोटाङमा किरात खम्बुवान साझा पार्टी, राष्टिय प्रजातन्त्र पार्टी, सामाजिक एकता पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, जनसमाजवादी पार्टी स्थानीय तहको निर्वाचनका लागि खोटाङ जिल्ला निर्वाचन कार्यालयमा १३ दल दर्ता भएका छन् ।

    यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, नेपाल मंगोल नेशनल अर्गनाइजेसन, उन्नत लोकतन्त्र पार्टी, नेपालको लागि नेपाली पार्टी र नेपाल कम्यूनिष्ट पार्टी (समाजवादी) दर्ता भएको खोटाङ जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लोकेन्द्रकुमार राईले हिमालीसंचारडटकमसंग बताए ।

    स्थानीय तहका निर्वाचनका लागि चुनाव चिह्न लिनका लागि निर्वाचन आयोगले तोकेको समयमा राष्ट्रिय दलको मान्यता प्राप्त नगरेका १३ दलले जिल्ला स्तरको संगठनात्मक संरचना जिल्ला समिति बारे विवरण प्राप्त भएको हो ।

    आयोगले राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले भने जिल्लामा विवरण बुझाउनु नपर्ने सूचना अधिकारी राईले बताए ।

    आयोगले निर्वाचनमा उठ्ने उम्मेद्वारलाई सोही दलको निर्वाचन चिन्ह दिनका लागि राष्ट्रिय दल बाहेकका अन्य दललाई जिल्ला स्तरको संगठन संरचनाको विवरण ६ चैतभित्र आफ्नो विवरण पेश गर्न निर्वाचन आयोगले भनेका थिए। सोही अनुरुप जिल्लामा दल दर्ता भएको हो। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २९ गतेको राशिफल

    आज भदौ २९, २०८२ (सेप्टेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ २८ गतेको राशिफल

    आज भदौ २८, २०८२ (सेप्टेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरे

    कुवेत – कुवेतमा केही महिनाअघि मात्र गठन भएको युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा...

    संसद विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ, शीलतनिवासमा जुट्यो सहमति

    काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ। शुक्रबार दिनभर...

    सार्वजनिक यातायात कहिले चल्छ अन्योलमा, यात्रु मर्कामा

    काठमाडौं, २७ भदौ – देशभरको हालको परिस्थितिले छोटो तथा लामो दूरीका सार्वजनिक यातायात अनिश्चितकालका लागि...